कोरोना महामारीसँगै पुणेमा केही दिनदेखि जारी कफ्र्युमा बलिउड अभिनेत्री ज्याक्लिनले पुणे प्रहरीलालई गरिन् तारिफयोग्य सहयोग — OSNepal

कोरोना महामारीसँगै पुणेमा केही दिनदेखि जारी कफ्र्युमा बलिउड अभिनेत्री ज्याक्लिनले पुणे प्रहरीलालई गरिन् तारिफयोग्य सहयोग

LC (KTM) May 13, 2021 0

मुम्बई । बलिउड अभिनेत्री ज्याक्लिन फर्नान्डिजले यतिबेला पुणे प्रहरीबाट निकै प्रसंसा पाएकी छन् । कोरोना संक्रमणको महामारीसँगै पुणेमा केही दिनदेखि जारी कफ्र्युका कारण पुणे प्रहरी रातदिन ड्युटीमा छन् ।

यही क्रममा ती प्रहरीको हौसलाका लागि अभिनेत्री ज्याक्लिनले आफ्नो गैरसरकारी सँस्यो योलोका तर्फबाट ठूलो रकम प्रहरी सुरक्षाकोषमा प्रदान गरेकी छन् । सबै बन्द रहेका बेला प्रहरीलाई कार्यक्षेत्रमा पोषणयुक्त खानादेखि धेरै सहयोगको अभियान यी अभिनेत्रीले चलाएकी छन् । सोही कारण पनि पुणे प्रहरीले उनको यतिबेला प्रसंसा गरेको छ ।

रातदिन खटिरहेका प्रहरीलाई अभिनेत्री ज्याक्लिनले हौसला बढाउने काम अहिलेको अवस्थामा गरेको पुणे प्रहरीको भनाइ छ । अभिनेत्री ज्याक्लिन फिल्मको मात्र नभएर वास्तविक जीवनको पनि नायिका भएको पुणे प्रहरी उच्च अधिकारीले बताएका छन् ।

पछिल्लो समय आधा दर्जन चलचित्रमा अनुबन्धित भएकी ज्याक्लिन निकै व्यस्त नायिका मानिन्छिन् । उनी चलचित्रसँगै सामाजिक कार्यमा पनि त्यत्तिकै सक्रिय छिन् । राजधानि दैनिकमा खबर छ । गत वर्ष पनि उनले कोरोना संक्रमितका लागि अभिनेता सलमान खानसँग मिलेर खाद्यान्नलगायत विभिन्न सेवा प्रदान गरेकी थिइन् । सो कार्यलाई आफ्नो संस्थामार्फत उनले अहिले पनि जारी राखेकी छन् । प्रहरीबाहेक उनले यो बन्दको बेला गरिबलाई खानालगायतको सेवा दिइरहेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर