कोरोनाको इपिसेन्टर बाँकेमा थप १० कोरोना संक्रमितको मृत्यु — OSNepal

कोरोनाको इपिसेन्टर बाँकेमा थप १० कोरोना संक्रमितको मृत्यु

LC (KTM) May 13, 2021 0

काठमाडौँ ३० बैशाख । कोरोनाको इपिसेन्टर बनेको बाँके जिल्लामा हिजो बुधबार ४ बजे दिउँसोदेखि आज बिहीबार बिहान ८ बजेसम्म १० जना कोरोना संक्रमितको ज्यान गएको छ । जिल्लाको कोभिड १९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले दिएको जनाकारी अनुसार बाँकेको ६ जना ,बर्दिया र दाङका २ २ जना गरी १० संक्रमितको ज्यान हो ।

ज्यान गुमाउनेमा गुलरिया नगरपालिका–८ की ३२ वर्षीया महिला,नेपालगन्ज उपमहानगरपालिका–१ की ४३ वर्षीया महिला,बर्दिया राजापुर नगरपालिका–६ की ५६ वर्षीया महिला,दाङ तुलसीपुर उपमहानगरपालिका–६ का ४३ वर्षीय पुरुष,बैजनाथ गाउापालिका–६ का ६४ वर्षीय पुरुष,दाङ तुलसीपुर उपमहानगरपालिका–५ की ३५ वर्षीया महिला,नेपालगन्ज उपमहानगरपालिका–१२ की ७५ वर्षीया महिला,डुडुवा गाउँपालिका–३ की ५० वर्षीया महिला,नरैनापुर गाउँपालिका–५ का ४२ वर्षीय पुरुष,तुलसीपुर उपमहानगरपालिका-६, दाङकै ४३ वर्षीय पुरूष रहेका छन् ।

आज सम्म बाँके कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ सय १२ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर