हालसम्म डेङ्गुबाट ४८ जनाको मृत्यु — OSNepal

हालसम्म डेङ्गुबाट ४८ जनाको मृत्यु

LC (KTM) October 17, 2022 0

काठमाडौँ-हालसम्म डेङ्गुबाट ४८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत साउनदेखि हालसम्म ४० हजार २९ जना डेङ्गु सङ्क्रमित भएका छन् । मन्त्रालयका अनुसार ७७ जिल्लामा डेङ्गु फैलिएको छ ।

४६ जनामा कोरोना सङ्क्रमण- पछिल्लो २४ घन्टामा ४६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । दुई हजार दुई सय ८७ नमूना परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । कोरोना सङ्क्रमितको कुल सङ्ख्या १० लाख एक सय ९१ पुगेको छ । आज १७ जना कोरोना सङ्क्रमणमुक्त भएको मन्त्रालयको तथ्याङ्क छ । अहिलेसम्म नौ लाख ८७ हजार चार सय ६१ जना सङ्क्रमण मुक्त भएका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या सात सय ११ छ । हालसम्म कोरोना सङ्क्रमणबाट १२ हजार १८ जनाले ज्यान गुमाएका छन् ।

आज २३ हजार नौ सय ७२ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । हालसम्म दुई करोड ३२ लाख आठ हजार चार सय ८३ जनाले खोपको पहिलो मात्रा, दुई करोड २३ लाख २४ हजार नौ सय ३३ जनाले पूर्ण मात्रा र ७९ लाख ७२ हजार सात सय ९१ जनाले खोपको अतिरिक्त मात्रा लगाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर