अबको राष्ट्रको मिसन कोभिड १९ लाई बनाउनु पर्ने बताएका भट्टराईको राज्यबाट पारिश्रमिक लिने सबैको सुबिधा हाललाई स्थगित गनुपर्ने माग — OSNepal

अबको राष्ट्रको मिसन कोभिड १९ लाई बनाउनु पर्ने बताएका भट्टराईको राज्यबाट पारिश्रमिक लिने सबैको सुबिधा हाललाई स्थगित गनुपर्ने माग

LC (KTM) May 13, 2021 0

काठमाडौँ ३० बैशाख । नेकपा एमालेका नेपाल समुहका नेता योगेश भट्टराईले कोरोनाको यो विपत घडीमा सरकारलाई चार सुझाव दिएका छन् । नेता भट्टराईले कोरोनाबाट अन्य देशले जस्तो उन्मुक्ति पाउन चीन सरकारलाई सहयोग गर्न नेपाल सरकारले आग्रह गर्नुपर्नेमा जोड दिएका छन् । यस विपतमा आर्थिक अभाव हुन नदिन राज्यबाट पारिश्रमिक लिने सबैको सुबिधा हाललाई स्थगित राखी,अन्य शिर्षकका बजेट पनि कोभिडमा केन्द्रित गर्न सरकारलाई सुझाव दिएका हुन् ।

भट्टराईले कोरोना संक्रमित बिरामीका लागि न्युनतम अक्सिजन र बेड पनि दिन नसक्दा लाज लागेको भन्दै सबैको एकमात्र मिसन कोभिड–१९ लाई बनाउनुपर्ने समेत बताएका छन् । उनले भनेका छन् ,बिगतदेखि कै सरकारहरुले सर्वजनिक स्वास्थ्यलाई राज्यको प्रमुख दायित्वका रुपमा लिएर प्रयाप्त काम नगरेका कारण आज यो बिस्फोट बन्न पुगेको छ । बिरामीका लागि न्युनतम अक्सिजन र बेड दिन नसक्नुले हामीसबै लज्जित छौ । यस्तो सँवेदनसील अवस्थामा भैरहेका अस्वस्थ राजनीतिक खेलहरुले सरकार, राज्ययन्त्र तथा राजनीतिक नेत्रित्वप्रति असन्तुस्टी बढदै गएर ब्यबस्था नै धरापमा पर्नसक्ने संभावनाप्रति सबै सचेत हुनुपर्दछ ।

भट्टराईले सरकालाई दिएका ४ सुझाव:

१. अहिले तुलनात्मक रुपमा चीनमा कोभिडको असर कम भएको देखिन्छ । तसर्थ अघिल्लो समयमा इटली लगायतका युरोपेली मुलुकमा चीनले स्वास्थ्य सामाग्री र जनशक्तिसहित जसरी सहयोग गरेको थियो, त्यसरि नै अहिले नेपाललाई सहयोग गर्न नेपाल सरकारले चिन सरकारलाई अनुरोध गर्नुपर्दछ । र, भारत लगायत अन्य देशका सरकारलाई पनि अनुरोध गरी सहयोग तत्काल ल्याउनु पर्दछ ।
२. २०७२ को महाभुकम्पपछि जसरी राजनीतिक बिमतीहरुलाई थाती राखेर सरकार र राजनीतिक नेतृत्वले सहमतिमा काम गर्‍यो, एमाले, माओवादी र नेकाका बिचमा १६ बुंदे सहमति गरी संबिधान निर्माण गर्ने जोखिमपूर्ण काम सम्पन्न भयो, त्यसरी नै कोभिड बिरुद्धको लडाईंमा फेरी एकपटक राष्ट्रिय सहमतिकासाथ ठोस योजनामा सबैले काम गर्नु पर्दछ। राष्ट्रको मिसन कोभिड १९ लाई बनाउनु पर्दछ ।
३. सम्पूर्ण जनशक्तिलाई कोभिड बिरुद्धको लडाईंमा केन्द्रित गर्ने र छिटो प्रकृयाबाट थप जनशक्ति भर्ना गर्ने ।
४. आर्थिक अभाव हुन नदिने । अन्य शिर्षकका बजेट पनि कोभिडमा केन्द्रित गर्ने । कोभिड बिरुद्धको लडाईंमा खटेको जनशक्ति बाहेक राज्यबाट पारिश्रमिक लिने अरु सबैको सुबिधा हाललाई स्थगित राख्ने ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर