वीर अस्पतालमा मिर्गौला प्रत्यारोपणमा अपत्यारिलो दुर्घटना, सासुले बुहारीलाई दिएको दानले पूर्णता पाएन — OSNepal

वीर अस्पतालमा मिर्गौला प्रत्यारोपणमा अपत्यारिलो दुर्घटना, सासुले बुहारीलाई दिएको दानले पूर्णता पाएन

LC (KTM) October 21, 2022 0

काठमाडौं । नेपालकै पुरानो वीर अस्पतालमा मिर्गौला प्रत्यारोपणमा अपत्यारिलो दुर्घटना भएकोछ ।धादिङको गल्छी गाउँपालिका वडा नम्बर २ कल्लेरी निवासी ३२ वर्षीया चमेली गैरेको मिर्गौला प्रत्यारोपणको सम्पूर्ण तयारी भई दाताका रूपमा उनकै ५८ वर्षीया सासुको मिर्गौला निकालेर प्रत्यारोपण गर्न लाग्दा मिर्गौला काम नलाग्ने साबित भयो ।

‘मिर्गौला निकालियो र लिने र दिने दुवैको शल्यक्रिया गरी मिर्गौला प्रत्यारोपण गर्नुअघि निकालिएको मिर्गौला परीक्षण गर्दा त्यसको नसा नै सुकेको पाइयो’ अपरेसन गर्ने डाक्टरले बिहीबार भन्नुभयो ।यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

गत मंगलबार सासु र बुहारीलाई नजिकैको बेडमा सुताएर दुवैजनाको मिर्गौला निकालेर ट्रेमा राखिएको थियो, गैरेका ससुराले भन्नुभयो, ‘तत्काल बिरामीका आफन्तभित्र आउनुस भनेर बोलाएपछि म र अर्को भाइ भित्र गयौं, डाक्टरले दुर्भाग्य भयो, हामीले सम्पूर्ण परीक्षण गरेर नै दुवैको शल्यक्रिया गरेर मिर्गौला प्रत्यारोपण गर्नलागेका हौं, पहिला कुनै खराबी देखिएन, तर अहिले प्रत्यारोपण गर्न लागिएको दाताको मिर्गौलामा समस्या देखियो, यो मिर्गौला प्रत्यारोपण गर्न मिल्दैन, वी आर सरी भन्नुभयो !’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर