निराजनलाई फकाउदै प्रियंका — OSNepal

निराजनलाई फकाउदै प्रियंका

LC (KTM) October 21, 2022 0

काठमाडौं-  ‘पियार’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । लीला गजमेरको एकल स्वर रहेको ’पियार’ गीत फरक स्वादमा दर्शकमाझ आएको छ ।

गीतमा लेखु शहयात्राीको शब्द तथा संगीत रहेको छ भने बिसम आचार्यको मिक्सिङ र एरेन्ज रहेको छ ।यो गीतको भिडियोलाई मौसन हिमालीले निर्देशन गरेका हुन भने कोरियोग्राफी पनि हिमालीकै रहेको छ ।

पियार बोलको भिडियोलाई निर्देशक हिमालिले राम्रो बनाउनुका साथै डान्सिङ शैलिमा तयार परेका छन् । भिडियोमा एउटा सिंगो कथा बुनेका छन् । जहाँ, संवाद पनि समावेश छ । एक ट्रक ड्राइभरले आफ्नो भट्टि साहुनी प्रेमिकाको बारेमा अरुको मुखबाट नराम्रो सुनेकाले प्रेमी रिसाएको कथा मार्फत दर्शाइएको छ ।

सार्वजनिक भिडियोमा अभिनेता निराजन प्रधान र अभिनेत्री प्रियांका कार्कीको अभिनय रहेको छ । उनीहरुको जोडी भिडियोमा एकदमै सुहाएको देख्न सकिन्छ ।

अनिल के मानन्धरले छायांकन गरेको भिडियोमा सम्पादन भने मनोज कार्किको रहेको छ । बिहीवार सार्वजनिक भएको भिडियो ओएसआरको अफिसियल युटुब च्यानलबाट रिलिज गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर