सरकारी अस्पतालले पछि आउनु भन्यो, दुःखको बेला साहारा बन्यो चरक मेमोरियल हस्पिटल (भिडियो) — OSNepal

सरकारी अस्पतालले पछि आउनु भन्यो, दुःखको बेला साहारा बन्यो चरक मेमोरियल हस्पिटल (भिडियो)

LC (KTM) May 08, 2021 0

म्याग्दी बेनीकी सबिनालाई डाक्टरले दिएको डेलिभरी समय १२ दिन काट्दा पनि सुत्केरी व्यथा लागेन । उनी तत्कालै पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल आईन् । उनको त्यहा भिडियो एक्सरे देखी कोभिड परिक्षण सम्म भयो ।

उनीमा कोभिड पोजेटिभ देखिएपछि र भिडियो एक्सरेका रिपोर्ट हेरेपछि सुत्केरी व्यथा लागेपछि मात्र आउनु भनेर डाक्टरहरुले फर्काईदिए । एक त बेनीबाट आएकी महिला, अर्को कोभिड पोजेटिभ अझै १२ दिन डेलिभरी समय काटेको कारण परिवारजन चिन्तीत भयो । सरकारी अस्पतालले नै फर्काएछि उनीहरुले पोखराका केही अस्तालमा फोन घुमाए ।

कोभिड पोजेटिभ भन्ने बित्तिकै केही अस्पतालहरुले अप्रेसन गर्न नसक्ने बताएपछि उनीहरुले नागढुंगामा रहेको चरक मेमोरीयलमा सम्पर्क गरे र चरकमा उनको उपचार सम्पन्न भयो । हस्पिटलले कोभिड पोजेटिभ गर्भवती त्यी महिलाको सफल सल्यक्रिया गरी छोरा पाएको खबर उनको परिवाजनलाई दिईसकेको छ । उनका परिवारले पनि चरक ममोरीयलले आमा र बच्चा दुबैको ज्यान बचाईदिएकोमा धन्यवाद समेत दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर