नेपालसहित चार नेतामाथि गरिएको कारवाही फुकुवा गर्ने ओली सरकारको निणर्य — OSNepal

नेपालसहित चार नेतामाथि गरिएको कारवाही फुकुवा गर्ने ओली सरकारको निणर्य

LC (KTM) May 13, 2021 0

काठमाडौँ ३० बैशाख । नेकपा एमालेको प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी स्थायी कमिटिको बैठक कारवाहीमा परेको नेपाल समुहका चार नेताहरुको कारवाही फिर्ता लिएको छ । कारवाहीमा परेका नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेको कारवाही फिर्ता लिएको हो ।

बालुवाटार स्रोतले जनाए अनुसार पार्टी एकताको विषयलाई गम्भिर रुपमा लिएर नै यस्तो निणर्य गरिएको बुझिएको छ ।पार्टीले सोधेको स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै गत चैत १६ गते नेपाल रावललाई १९ गते भुसाल र पाण्डेलाई ६ महिनाका लागि पार्टीको साधारण सदस्यबाट समेत निलम्बन गरिएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर