युभेन्ट्स समूह चरणबाटै बाहिर, पिएसजी १६ मा प्रवेश — OSNepal

युभेन्ट्स समूह चरणबाटै बाहिर, पिएसजी १६ मा प्रवेश

LC (KTM) October 26, 2022 0

काठमाडौं, ९ कात्तिक-बेन्फिकासँग मंगलबार राति ३-२ ले पराजित भएसँगै युभेन्टस च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिएको छ ।समूह एच मा पाँच खेलको समाप्तीमा समान ११ अंकसहित पेरिस सेन्ट जर्मन (पिएसजी) र बेन्फिका क्रमशः पहिलो र दोस्रो स्थानमा छन् । यस समूहबाट पिएसजी र बेन्फिका अन्तिम १६ मा प्रवेश गरेका हुन् ।

तेस्रो स्थानको युभेन्टस र चौथो स्थानको मकाबी हैफाको समान तीन अंक छ । समूह चरणको अन्तिम खेलमा युभेन्टसले पिएसजीको सामना गर्नेछ भने बेन्फिकाले मकाबी हैफाविरुद्ध खेल्नेछ ।

पछिल्लो खेलमा मकाबी हैफालाई २-० को नतिजा सुम्पिएसँगै युभेन्टस दबाबमा परेको थियो । युभेन्टसलाई अन्तिम १६ मा प्रवेश गर्नका लागि बेन्फिका र पिएसजीविरुद्ध जित आवश्यक थियो । बेन्फिकासँगको हारपछि युभेन्टसका लागि पिएसजीविरुद्ध समूह चरणको अन्तिम खेल प्रतिष्ठाको लडाई मात्र हुनेछ ।

१७औं मिनेटमा एन्टोनियो सिल्भाको गोलमा बेन्फिकाले अग्रता लिएको थियो । २१ औं मिनेटा मोइस किनले युभेन्टसलाई खेलमा फर्काएका थिए ।

२८औं मिनेटमा मारियो र ३५औं मिनेटमा राफा सिल्भाले समान एक गोल गरेपछि बेन्फिकाले आफ्नो अग्रता ३-१ मा पुर्याएको थियो । ५०औं मिनेटमा राफा सिल्भाले बेन्फिकाका लागि चौथो गोल गरे ।

७७औं मिनेटमा मिलिकले युभेन्टसका लागि दोस्रो गोल गरे । त्यसको तीन मिनेटपछि वेस्टन म्याकिनेले युभेन्टसका लागि तेस्रो गोल गरे पनि त्यो खेलमा फर्कन भने पर्याप्त भएन ।

समूह एच कै अर्को खेलमा पिएसजीले मकाबी हैफालाई ७-२ ले हरायो । पिएसजीको जितमा लियोनल मेस्सी र केलियन एम्बाप्पेले समान दुई-दुई गोल गर्दा नेयमारले एक गाल गरेका थिए । यस्तै, कार्लाेस सोलरले एक गोल गर्दा एक गोल आत्माघाति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर