धमाधम आध्यात्मिक गुरुलाई भेट्दै महानायक राजेश हमाल, अझै केही विश्वचर्चित सेलिब्रिटीसँग अन्तर्वार्ता लिने तयारीमा हमाल — OSNepal

धमाधम आध्यात्मिक गुरुलाई भेट्दै महानायक राजेश हमाल, अझै केही विश्वचर्चित सेलिब्रिटीसँग अन्तर्वार्ता लिने तयारीमा हमाल

LC (KTM) October 28, 2022 0

काठमाडौं -आध्यात्मिक गुरुसद्गुरुदेखि रविशंकरसम्मलाई अभिनेता महानायक राजेश हमालले भेट गरेका छन् ।बैंग्लोरमा तीन दिन रहँदा हमालले आर्ट अफ लिभिङको आश्रममा योगगुरु रविशंकर र हमालबीच योग, अध्यात्म र जीवनका आयामबारे गहन कुराकानी गरेको बताइएको छ ।

अन्तर्वार्ता सिरिज भीएफवाई टक्स पनि छायांकन भएको बताइएको छ । भारतको बैंग्लोर पुगेका उनी गएराति १२ बजे मात्र काठमाडौंमा आएका हुन् ।आउन ढिलाइ भएपछि उनले भाइटिका पनि लगाउन पाएनन् ।

अभिनेता हमालले अझै केही विश्वचर्चित सेलिब्रिटीसँग अन्तर्वार्ता लिनेछन् । जसको सूची र समयबारे निधो भइसकेको छैन । सूचीमा अर्का एक विश्वचर्चित योग तथा अध्यात्म गुरु पनि छन् ।

यो पनि पढ्नुहोस : कारागारमै बहिनीको हातको भाइटीका लगाए पल शाहले – काठमाडौं-अभिनेता पल शाहले कारागारमै भाइटीका लगाएका छन् । उनले आफ्नी बहिनी रोशनी शाहीसँग कारागारमा टिका लगाएकी हुन् । दुई वर्ष छ महिना सजाए पाएका शाहले कारागारमै भाइटीका लगाएको तनहुँ कारागारका निमित्त प्रमुख अधिकारीले बताए ।

शाहविरुद्ध परेको जाहेरीमा नवलपुर जिल्ला अदालतले गत भदौ २१ गते बाल यौन दुरुपयोगमा गरेको आरोपमा दुई वर्ष छ महिना कैद सुनाएको थियो ।

साथै, पीडितलाई रु १० लाख क्षतिपूर्ति र २५ हजार जरिवाना अदालतले तोकेको छ । तनहुँ जिल्ला अदालतमा भने शाहविरुद्धको मुद्दा कायमै छ । शाहका विरुद्ध गत फागुन ११ गते नाबालिगका बुबाले जाहेरी दिएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर