पैसा फिर्ता नपाएपछि वित्तिय संस्थाको ऋण तिर्न नसक्दा दशैँ, तिहार नै खल्लो ! — OSNepal

पैसा फिर्ता नपाएपछि वित्तिय संस्थाको ऋण तिर्न नसक्दा दशैँ, तिहार नै खल्लो !

LC (KTM) October 28, 2022 0

रुषा थापा : यसपालिको दशैँ त धेरैको खल्लो भयो नै तर तिहार पनि धेरैको खल्लो हुन पुग्यो भनेर अहिले बजारमा सुनिन्छ । मानिसहरुले यँही चाडपर्व मनाउन भनेर वर्षभरि गरेर वा खाइनखाई भएर पनि आफ्नो धेरेथोर रकम सहकारीमा जम्मा गरे । तर सहकारीले भने न दशैँमा नै बचतकर्ताको रकम फिर्ता गप्यो न तिहारमा नै ।

दशैँ र तिहार नजिकिएसँगै दिनहुँ रुपमा सहकारीले पैसा दिन्छ कि भन्ने आशले सहकारीमा धाउँदा पनि सहकारीले बचतकर्ताको रकम फिर्ता गरेन । आज जाँदा भोलि भन्ने र भोलि जाँदा ब्याज बढाइदिन्छु भन्दाभन्दै सहकारीले मानिसहरुको दशैँ र तिहार नै खल्लो बनाइदियो । त्यस्तै कति सहकारीहरुले बचतकर्ताको रकम फिर्ता गर्नुपर्छ भनेर दशैँअगाडी नै आफ्नो कार्यालय बन्द गरे भने कतिले तिहारअघि । सहकारीमा पैसा राख्नेहरुलाई सहकारीले पैसा फिर्ता नगरेपछि यसपालि कति त आफ्नो आमाबुबाको टिका लगाउन समेत दशैँमा गाउँघर जान पाएनन् भने कति तिहारमा दाजुभाइ वा दिदीबहिनीहरुलाई टिका लगाउन आफ्नो गाउँघर जान पाएनन् ।

पहिलापहिलाको दशैँ र तिहार जस्तो यसपालिको दशैँ र तिहारमा मानिसहरुको मुखमा खुशी पाइदैँन । मानिसहरुको मुखमा हाँसो नभइ निराश हुनुमा महंगी वा आर्थिक संकट नै प्रमुख कारण हो । पछिल्लो समय सहकारीमा पैसा राख्नेहरुको बिजोग भएको छ । न उनीहरुले राम्ररी चाडपर्व नै मनाउन पाए न पैसा नै फिर्ता पाए ।

अहिले जताजतै सुनिन्छ, सहकारीले पैसा फिर्ता गरेन, सहकारी भाग्यो । जसले पनि भन्छ, सहकारीले मेरो पैसा फिर्ता गरेन, मलाई डुबायो । सारा जनताको घरमा सहकारीले नै आज रुवाबासी गराइदियो । यसरी सहकारीहरुले जनताको पैसा फिर्ता नगर्दा वा जनताको पैसा लिएर भाग्दा न सहकारी विभागले नै त्यस्ता सहकारीलाई कारबाही गप्यो न त्यस्ता सहकारीका सञ्चालक नै कानुनको दायरमा आए ।

साथै सरकारले पनि जनताको पैसा लिएर भाग्ने सहकारीको दर्ता खारेज गरेन । ९२ लाख जनताले सहकारीमा जम्मा गरेको १२ खर्बभन्दा बढी रकम अहिले नराम्ररी डुबिसकेको छ । उनीहरुले ३५ हजार २ सय ३९ सहकारीमा राखेको पैसा आज बालुबामा पानी हुन पुगेको छ । तर सहकारी विभाग भने कानमा तेल हालेर बसिरहेको छ ।

अहिले सहकारीमा पैसा राख्ने बचतकर्ताहरु सहकारीले पैसा नदिएपछि चाडपर्व पनि मनाउन नसक्ने अवस्थामा पुगेका छन् । दशैँ नै होस् या तिहार ,सहकारीमा पैसा निकाल्नेको लर्को लागेको थियो तर उनीहरुले आफ्नो पैसा फिर्ता पाएनन् । सहकारीमा पैसा राख्ने ९५ प्रतिशत मानिसहरुले आफ्नो खाता बन्द गरिसकेका छन् । व्यापारी नै होस् या जनता, अहिले उनीहरु सहकारीमा पैसा राख्दैँन् ।

सहकारीहरुले डिपोजिटको ३६ प्रतिशत ब्याज दिन्छु भनेर भन्दा पनि कोही सहकारीमा पैसा राख्न रुचाउँदैनन् । सहकारीमा रहेको आफ्नो खातामा १० लाख रुपैँया भएपनि सहकारी भने महिनामा ५ हजार लैजानुस् भनेर भन्ने गर्छ । सहकारीमा पैसा राख्नेहरुलाई अहिले न रातमा निन्द्रा नै लाग्छ न दिनमा भोक । यिनीहरुको सम्पूर्ण रकम अहिले नराम्ररी डुबिसकेको छ । तर अहिलेपनि सहकारी विभाग भने सहकारीमा पैसा नराख्नुस् भनेर जनतालाई सूचित गराउँदैन । सिधासाधी जनताहरु भने अहिले पनि बढी ब्याजको प्रलोभनमा आएर आफ्नो जीवनभरको कमाइ सहकारीमा राखेर डुबाइरहेका छन् । कतिले आफुले वा आफ्नो बालबच्चालाई एक छाक मिठो खान नदिएर सहकारीमा जम्मा गरेको रकम आज सहकारीले लिएर भागेको छ ।

यता कति सहकारीहरुले एक वर्षदेखि कर्मचारीलाई तलब दिन नसक्दा कर्मचारीहरु पनि भटाभट जागिर छोडिरहेका छन् भने कति सहकारीहरुले घरबेटीलाई भाडा दिन नसकेर घरधनीहरु घर खाली गर्न लगाइरहेका छन् । त्यस्तै गरी बैंकले पनि कति मानिसहरुको रकम फिर्ता गर्न नसक्दा कतिको चाडपर्व नै दशा हुन पुगेको छ ।

बैंक , फाइन्स र सहकारीहरुले आफ्नो सम्पूर्ण कर्जा लगानी घरजग्गा, गाडी र सेयरमा गप्यो र आज यि वस्तुमा मन्दी आइपछि यिनीहरु चुलुम्मै डुब्यो । पछिल्लो समय वित्तिय संस्था डुबेको खबर जनताको कानमा पुगेपछि वित्तिय संस्थामा पैसा निकाल्नेको लर्को लागेको हो । सेयरमा लगानी गर्ने लगानीकर्ताहरु सेयरको मूल्य घटेपछि र डुबेपछि न उनीहरुसँग दशैँ मनाउन पैसा नै भयो न तिहार मनाउन ।

एकतिर वित्तिय संस्थाबाट सेयर धितो राखेर लिएको ऋण तिर्न नसकेर लुकेर वा भागेर हिड्नुपरिरहेको छ भने अर्कोतिर चाडपर्व मनाउन नपाएर दुःखी भएर बस्नुपरिरहेको छ । सेयर लगानीकर्ताहरुले न वित्तिय संस्थाको नै ऋण तिर्न सके न चाडपर्व नै मनाउन सके । सेयरको मूल्य घटेर डुबेको भनेर थाहा पाएपछि उनीहरुलाई चाडपर्व मनाउन समेत कसैले ऋण नदिएकाले यिनीहरुको यसपालिको दशैँ र तिहार नै खल्लो हुन पुग्यो ।

यिनीहरु आफैँ त सेयरमा लगानी गरेर डुबे नै तर यिनीहरुको बालबच्चा वा परिवारको पनि आज बिजोग हुन पुगेको छ । एकवर्षअगाडी चार हजार कित्तामा किनेको सेयर अहिले मूल्य घट्दा २० रुपैँयामा बेच्छुभन्दा पनि बिक्दैँन । अहिले चियापसलदेखि किराना पसलसम्म नै, सेयर बिक्री गर्न चाहानेहरु भेटिन्छन् तर किन्ने कोही भेटिदैँनन् । सेयर लगानीकर्ताहरु सबै नराम्ररी डुबे र अहिले यिनीहरुको भागाभाग चलिरहेको छ ।

तर यिनीहरुलाई न दशैँ नै आयो न तिहार । त्यस्तै गरी घरजग्गामा लगानी गर्नेहरुको पनि सेयर लगानीकर्ताहरुको जस्तै हालत हुन पुगेको छ । न घरजग्गा नै बिक्री हुन्छ, न बैंकको ऋण तिर्न नै पैसा छ । तीन वर्षअघि मात्र आनाको ९० लाखमा किनेको जग्गा अहिले मूल्य घटेर वा मन्दी आएर एक लाखमा बेच्छु भन्दा पनि बिक्दैँन ।

न बैंकको ऋण नै तिर्न सकिन्छ, न घरजग्गा नै बेच्न मानिस भेटिन्छ । पछिल्लो समय घरजग्गामा लगानी गर्ने मानिसहरु डुबेर कति त पागल नै भए भने कति भागे । त्यस्तै यता घरजग्गा, गाडी र सेयरमा लगानी गर्ने वित्तिय संस्था पनि आज नराम्ररी डुब्न पुगेका छन् । अहिले मालपोत कार्यालयमा दिनहुँ एकदुई ओटा पनि घरजग्गा नामसरी हुदैँन । जसले गर्दा मालपोतका कर्मचारीहरु कार्यालयमा काम नभएर झिँगाा भगाएर बस्छन् भने लेखनदास गर्नेहरु त्यो काम छोडेर अर्को कामतिर लागिसकेका छन् ।

अबको एक वर्षपछि ९० लाख आनामा किनेको जग्गा आनाको १० हजारमा समेत बिक्दैँन भनेर अहिले बजारमा मानिसहरु कुराकानी गर्छन् । अहिले सार्वजनिक स्थलहरुमा मानिसहरु बताउँछन्, घरजग्गा , गाडी र सेयर धितो राखेर वित्तिय संस्थाबाट लिएको ऋण तिर्न पैसा छैन र अब हामी त्यो धितो नै वित्तिय संस्थाकोमा जम्मा लगाउँछौँ ।

पछिल्लो समय घरजग्गा बेच्नेहरु यत्तिकै भेटिन्छन् भने किन्ने कोही छैनन् । बैंक, फाइन्सले कर्जाको ९८ प्रतिशत लगानी घरजग्गा, गाडी र सेयरमा गरेको पाइन्छ । तर वित्तिय संस्थाले गरेको लगानी डुबेपछि र राखेको धितोको मूल्य घटेपछि अहिले वित्तिय संस्थामा ब्याज खान पैसा राखेका बचतकर्ताहरु चुलुम्मै डुबेका छन् ।
यता एक वर्षअघि मात्र ५० लाखमा किनेको गाडी अहिले बेच्छुभन्दा एक लाखमा समेत बिक्दैँन । हिजो घरजग्गा, गाडी र सेयरमा लगानी गर्ने अर्बपतिहरु आज यि वस्तुहरुमा मन्दी आइपछि सडकपति हुन पुगेका छन् । घरजग्गा कारोबार गर्ने दलालीहरुलाई दशैँ र तिहार मनाउने त पैसा भएन तर उल्टै वित्तिय संस्थाको ऋण तिर्न नसक्दा मर्नु कि बाँच्नु भयो ।

वित्तिय संस्थाको ऋण तिरौँ पैसा छैन, घरजग्गा बेचौँ बिक्री हुदैँन । त्यसैले पनि अहिले यिनीहरु मर्नु कि बाँच्नु भनेर पागल भएर हिडिरहेका छन् । मानिसको यस्तो पनि पो दिन आउँदो रहेछ , है । वित्तिय संस्थामा पैसा राख्ने बचतकर्ता र घरजग्गा, गाडी र सेयरमा लगानी गर्ने लगानीकर्ताहरु दुवैले यसपालिको दशैँ , तिहार मनाउन सकेनन् । त्यसैले पनि यसपालिको दशैँ र तिहार नै सबैका लागि दशा हुन पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर