अकालमै जनता "मारेर" यो सरकारले आफ्नो गैरजिम्मेवारी र नालायकी स्पष्ट देखाएयो — OSNepal

अकालमै जनता “मारेर” यो सरकारले आफ्नो गैरजिम्मेवारी र नालायकी स्पष्ट देखाएयो

LC (KTM) May 13, 2021 0

काठमाडौँ ३० बैशाख । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले कोभिड १९ विरुद्धको लडाँइमा अग्रपंक्तिमा खटिरहेका चिकित्सक ,नर्स र स्वास्थ्यकर्मीहरुको कामको सम्मान र अनुसरण गर्दै जनता बचाउन आ(आफ्नो ठाँउबाट लाग्‍न सबैमा अपील समेत गरेका छन् । नेता श्रेष्ठले अक्सिजन नपाएर संक्रमित बिरामी छट्पटिँदै अकालमै ज्यान गुमाउँदा पनि टुलुटुल हेरिरहेको यो सरकारले आफ्नो गैरजिम्मेवारी र नालायकीपन देखाएको आरोप लगाएका छन् । नेता श्रेष्टले सामाजिक सञ्जाल मार्फत यस्तो आरोप लगाएका हुन् ।

उनले भनेका छन्, बुटवललगायतका अस्पतालहरुले आधा घण्टा अक्सिजन बन्द भएकाले केही बिरामी हरुको मृत्यु भएको कुरा बताएका छन् भने हिजो मात्र कोभिड महामारी बाट जनतालाई बचाउन रातदिन नभनी खटिरहनु भएका ट्रमा सेन्टरका डाइरेक्टर डाड्ड संतोषले समेत अक्सिजनको अभावमा बिरामीको ज्यान गइरहेको भन्दै अक्सिजनको लागि हारगुहार गर्नुभएको छ।यसरी गर्न सक्ने काम पनि नगरी जनता ूमारेरू बस्न कसरी सकेको छ सरकाररु यसपटक अग्रपंक्तिमा खटिरहेका चिकित्सक ,नर्स र स्वास्थ्यकर्मी हरुको असाधारण नमुना योग्य कामको सम्मान र अनुसरण गर्दै महामारीबाट जनता बचाउन आ( आफ्नो ठाँउबाट जे जे गर्न सकिन्छ ,सबै लागौं ।

उनले भनेका छन् । उनले अग्रपंक्तिमा खटिरहेका चिकित्सक ,नर्स र स्वास्थ्यकर्मीहरुको कामको सम्मान र अनुसरण गर्दै जनता बचाउन आ-आफ्नो ठाँउबाट लाग्‍न सबैमा अपील समेत गरेका छन् ।यो सरकारको गैरजिम्मेवारी र नालायकीको हद भयो।आइसियु र भेम्टिलेटरको कुरा छाडौं, अक्सिजन नपाएर कोभिड बिरामी हेर्दा हेर्दै मरिरहेका छन् ।उपचारमा खटिएका चिकित्सक एवं नर्सहरु त्यो दृश्य टुलुटुलु हेर्नुपरेकोमा रुँदै कराई रहेकाछन् ।राजधानीका कतिपय ठुला अस्पतालहरुले भर्ना भई उपचाररत कोभिड बिरामी लाई अक्सिजनको अभावका कारण उपचार गर्न नसकिने भन्दै अस्पलालबट बाहिर पठाईरहेका छन् भने कतिपय अस्पतालले अव कोभिड बिरामी भर्ना गर्न नसकिने सूचना सार्वजनिक गरेका छन् ।

बुटवललगायतका अस्पतालहरुले आधा घण्टा अक्सिजन बन्द भएकाले केही बिरामी हरुको मृत्यु भएको कुरा बताएका छन् भने हिजो मात्र कोभिड महामारी बाट जनतालाई बचाउन रातदिन नभनी खटिरहनु भएका ट्रमा सेन्टरका डाइरेक्टर डाड्ड संतोषले समेत अक्सिजनको अभावमा बिरामीको ज्यान गइरहेको भन्दै अक्सिजनको लागि हारगुहार गर्नुभएको छ।यसरी गर्न सक्ने काम पनि नगरी जनता “मारेर” बस्न कसरी सकेको छ सरकाररु यसपटक अग्रपंक्तिमा खटिरहेका चिकित्सक ,नर्स र स्वास्थ्यकर्मी हरुको असाधारण नमुना योग्य कामको सम्मान र अनुसरण गर्दै महामारीबाट जनता बचाउन आ-आफ्नो ठाँउबाट जे जे गर्न सकिन्छ ,सबै लागौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर