सिंहलाई आकस्मिक धनलाभ हुने, अन्य राशिको कस्तो छ आज ? — OSNepal

सिंहलाई आकस्मिक धनलाभ हुने, अन्य राशिको कस्तो छ आज ?

LC (KTM) October 29, 2022 0

काठमाडौं, १२ कात्तिक:आजको पात्रो : १२ कात्तिक २०७९, शनिबार । तद्नुसार अक्टोबर महिनाको २९ तारिक २०२२ । कार्तिकशुक्ल चर्तुर्थी, विष्टी करण, ज्येष्ठा नक्षत्र, अतिगण्ड योग, चन्द्रमा वृश्चिक राशिमा रहेको छ । आज बिहान सूर्योदय ६ः१३ मा भएको छ भने सूर्यास्त ५ः२२ मा हुनेछ ।

आजका देवता चन्द्रमा र ग्रहदेव चन्द्र हुन् । शनिबार शनिदेवको उपासना गर्नु उत्तम हुनेछ । शनिबार पिपलको वृृक्षमा जल अभिषेक गर्दा पनि शनि ग्रहको प्रभाव व्यक्तिमा कम हुनेछ । शनिवार शनि मन्दिर वा कुनै पनि देवालय र शिवालयको दर्शन गर्दा मनमा प्रसन्नता छाउनेछ ।

आजको राशिफल :
मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)
आजको दिन व्यापार व्यवसायबाट लाभ हुनेछ । परिवार र सन्तानबाट साथ सहयोग पाउन सकिन्छ । योजना सफलताका लागि आफन्तजनको सहयोग आवश्यक हुनेछ । आजको यात्राबाट फाइदा हुनसक्छ । यात्रामा निस्कनुभन्दा पहिले कन्यालाई दक्षिण दिएर निस्कदा राम्रो हुनेछ । बिहान सूर्योदयको दर्शन गर्नुहोला ।

वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)
वृष राशिका जातकका लागि आजको दिन व्यापार ब्यबसायमा सोचेअनुसार नहुन सक्छ । सकारात्मक भएर आफनो नियमित काममा लाग्नुहोला । आजको दिन आफूभन्दा ठूला व्यक्तिसँग भेटघाट गर्दा नयाँ कार्ययोजना तयार हुनसक्छ । आमाको आशीर्वादका लागि सम्मानित व्यक्तित्वसँग भेटवार्ता गर्नसक्नुहुनेछ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)
मनमा अनेक कुरा खेल्नेछ । परिवार र आफन्तजनले अनेक आरोप लगाउन सक्नेछन् । मनमा निराशा उत्पन्न हुनसक्छ । आजको दिन सकारात्मक सोच राखेर काम गर्नुभयो भने मात्र खुसी हुनसक्नु हुनेछ । आजको दिन मौन र अनावश्यक काममा घर बाहिर नजानु होला । मातृसेवा फलदायी हुनेछ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)
पारिवारिक तनावका कारण केही समस्या आउनसक्छ । कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला । आजको दिन कसैसँग विवाद भयो भने दुबैै व्यक्तिको हानी हुनसक्छ । यात्रा गर्नुभयो भने अनावश्यक खर्च हुनेछ । आज नियमित काममा ध्यान दिनु उत्तम हुनेछ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)
आजको दिन सिंह राशिका जातकका लागि आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनेछ । दाम्पत्य जीवनमा सुख प्राप्त हुनसक्छ । स्वास्थ्यमा समस्या देखिएको भए पनि क्रमिक सुधार हुनेछ । यात्राबाट खुसियाली छाउने छ । परिवारको साथ सहयोगले मनमा प्रशसन्नता छाउने छ । कुनै नयाँ कामको शुरुवात पनि गर्न सक्नुहुनेछ । कसैलाई पनि दुःख दिने काम नगर्नुहोला । चन्द्रमाको साथ रहेको छ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)
आजदेखि मनमा रहेको चिन्ता हटदै जानेछ । आफन्तसँग सम्बन्ध विग्रन सक्छ । अध्ययनअध्यापनबाट सफलता प्राप्त हुनेछ । कन्या राशिका जातकले आज स्त्रीको साथ सहयोगबाट कार्य गर्दा सफलता प्राप्त हुन्छ । कुमारी कन्यालाई केही खानेकुरा र बस्त्र दान दिनु होला । देवीको मन्दिरको यात्राले तपाईलाई मनमा शान्ति प्राप्त हुनेछ ।

तुला ( रा.री.रु.रे.रो.ता.ती.तु.ते)
आज यात्रा कार्यमूलक हुनेछ । कुनै कामको शुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्नका लागि मिहिनेतपूर्वक लाग्नु होला । कलाकारितामा र रचनात्मक काममा मन जानेछ । परिवारमा वा स्त्रीसँग विवाद हुनसक्छ । सोच विचार गर्नु उत्तम होला । महिलासँग विवाद हुने कार्य भरसक नगर्नुहोला ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)
यात्राको अवसर र संभावना पनि छ । यात्रा गर्दा सूर्योदय भन्दापछि र सूर्यास्त भन्दा पहिले यात्रा समापन गर्नुहोला । आजको दिन सकेसम्म कसैसँग विवाद हुने कुरा नगर्नुहोला । विवादबाट हानी मात्र हुनेछ । आर्थिक हानी हुने सम्भावना छ । आज खर्च गर्नुभन्दा पहिले एक पटक सोच विचार गर्नुहोला । सकारात्मक सोच र नियमित काममा समय खर्चनुहोला । चन्द्रमाको साथ रहेको छ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)
आजको दिन आकस्मिक धनलाभ हुनेछ । सोचअनुसारको काम हुनेछ । सन्तानबाट सुख र स्त्रीजातिको साथ सहयोगले राम्रो काम गर्नुहुनेछ । आफन्त र परिवारजनबाट साथ सहयोग हुनेछ । मानसम्मान समेत मिल्नेछ । सामाजिक र अध्यात्मसेवाको कार्यमा लाग्नु होला ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)
आजको दिन सरस्वतीको आरधनाले मनमा प्रसन्नता छाउनेछ । विगतदेखि गर्दै आएको कामबाट मान सम्मान प्राप्त हुनेछ । दुःखका कुरा कम र हर्षका कुरा बढी गर्नु होला । सकारात्मक सोच राखेर काम गर्नुहोला । अनावश्यक आरोप पनि लाग्न सक्छ । नियमित काममा मात्र लाग्नुहोला । नयाँ कामको थालनी नगर्नु बेश हुनेछ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)
सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ । आजको दिन शनिदेवको मन्दिरमा पुगेर दर्शन गर्दा उर्जा प्राप्त हुनेछ । दाम्पत्य जीवनमा सुख, समृद्धि प्राप्त हुनेछ । सामाजिक सेवाका काम गर्नु उत्तम हुनेछ । परिवारका जेष्ठ सदस्यलाई उपहार दिएर आशीर्वाद लिनु उत्तम हुनेछ । बालकन्यालाई खानेकुरा र बस्त्र दान दिनेभयो भने तपाईलाई आशीर्वाद मिल्नेछ । शनिदेवको साधना गर्नृहोला ।

मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची)
गृहस्थ जीवनको कार्यमा समय खर्च गरेर बसेमा हित हुनेछ । अध्ययन, अनुसन्धान र लेखनको काममा समय दिनु भयो भने उत्तम हुनेछ । यात्राको अवसर पनि आउनसक्छ । स्वास्थ्यमा ख्याल गर्नुहोला । देवालयको यात्रा र गुरुजनको आशीर्वादको लागि गुरुसेवा गर्दा फल प्राप्त हुनेछ । सेवामूलक कार्यका लागि समय छुट्याउन होला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर