कालजयी लोकगीत रिन्के बुङको रागालाईका गायक सुरेश गन्धर्वलाई आर्थीक सहयोग प्रदान — OSNepal

कालजयी लोकगीत रिन्के बुङको रागालाईका गायक सुरेश गन्धर्वलाई आर्थीक सहयोग प्रदान

LC (KTM) October 29, 2022 0

कालजयी लोकगीत रिन्के बुङको रागालाईका गायक सुरेश गन्धर्वलाई आर्थीक सहयोग प्रदान गरिएकोछ । कालजयी लोकगीत रिन्के बुङको रागालाई गायक सुरेश गन्धर्वलाई आर्थीक सहयोग प्रदान गरिएकोछ । संचारकर्मी गीता अधिकारीको समन्वय र हाल अमेरिका बसाेबास गर्दै आएका साहित्यकार तथा गीतकार हरी उप्रेती र Go Fund टिमले गन्धर्वलाई आर्थिक सहयोग रु एक लाख प्रदान गरेको हो ।

धरान ८ का वडाध्यक्ष धन बहादुर राईको प्रमुख आतिथ्यमा गायककाे घरमा धरानमा आएर रकम हस्तान्तरण गरेको गीता अधिकारीले जानकारी दिनुभयो । रकम हस्तान्तरण कार्यक्रममा , गन्धर्वको घर निर्माण अभियन्ता तथा रङ्गकर्मी बिष्णु माेक्तान, संचारकर्मीहरुको उपस्थित रहेको थियो ।

माैलिक संस्कृतिको जगेर्ना गर्ने सर्जककाे गित सानाेबेला देखि नै सुन्दै आएकाले हामी सबै मिलेर सहयाेग रकम संकलन गरेर सर्जकलाई सहयोग गरेको हरी उप्रेतीले बताए । आफु बिदेश मा रहेपनि मनसधै नेपाल मै रहने बताउदै यो सहयोगमा आफुजस्तै सृजनालाइ माया गर्ने सर्जकहरुकाे सहयोग गर्न पाएकोमा खुशी भएको बताए ।

रङ्गकमि बिष्णु माेक्तानले सर्जकाे बास्थानकाे लागि लागिपरेकाे बताउदै सारंगी बचाउन पनि सुरेश गन्धर्वलाई बचाउनु पर्ने आबश्यक रहेको बताए । प्रमुख अतिथि वडाध्यक्ष राईले बिदेशमा रहदा पनि स्वदेश र कलालाई माया गरी सहयोग गरेकोमा Go Fund का सहयोगीहरुलाई धन्यवाद दिए ।

आफुले सक्दाे सहयोग गर्ने र पहल गर्ने पनि राईले प्रतिबद्दत्ता जनाए । देशको कला र संस्कृतिलाई चिनाउने काम गरेका गन्धर्व सबै काे लागि गाैरव भएको राईको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर