विबाहपछि पहिलो पटक पति विक्कीको नराम्रो कुराको रहस्य खोलीन् क्याट्रिनाले — OSNepal

विबाहपछि पहिलो पटक पति विक्कीको नराम्रो कुराको रहस्य खोलीन् क्याट्रिनाले

LC (KTM) October 29, 2022 0

काठमाडौं । भारतीय सुन्दरी नायिका कट्रिना कैफले विबाहपछि आँफु पति विक्की कौशलको गहिरो मायामा डुबेको बताएकी छिन् । हालैको एक अन्तर्वार्तामा उनले आफ्ना पति विक्की कौशलको बारेमा केही रोचक खुलासा गर्दै आँफुलाई निन्द्रा नलागेको समयमा पति बिक्कीले गीत गाएर सुताउने गरेकाो समेत रहस्य खोलीन् ।

प्रेममा रहेको समयमा भन्दा अझै माया गाडा भएको बताउँदै क्याट्रिनाले भनिन् ‘मलाई लाग्छ उनलाई नाच्न र गाउन मन पर्छ । नाच्दा उनले महसुस गर्ने आनन्द वास्तवमा हेर्नको लागि सबैभन्दा सुन्दर चीजहरू मध्ये एक हो। यसका साथै उनी एक राम्रो गायक पनि हुन् र कहिलेकाहीँ जब मलाई निद्रा लाग्दैन, म विक्कीलाई गीत गाउन भन्छु र उनले मेरो लागि त्यसै गर्छन् ।’

पिंकभिलासँगको कुराकानीमा विक्कीको सबैभन्दा नराम्रो बानीको रहस्य खोल्दै उनले भनिन् ुकहिलेकाहीँ उनी धेरै जिद्दी हुन्छन् र म उनको यो बानीबाट रिसाउँछु। कट्रिना र विक्कीले गत वर्ष डिसेम्बर ९, २०२१ मा राजस्थानको सिक्स सेन्स फोर्टमा विवाह गरेका थिए। दुवै सन् २०१९ देखि एकअर्कालाई डेट गर्दै थिए । विबाहपछि यो जोडी निकै खुशी देखिएको छ ।

यो पनि पढ्नुहोस् : नेपालमा छायांकन गरिएको फिल्म उचाइको ‘अरे ओ अंकल’ को भिडियो सार्वजनिक : बलिउड फिल्म ुउचाइु को नयाँ गीत सार्वजनिक भएको छ। अभिताभ, बोमन, अनुपम, परिणितीसँगै डेनी डेन्जोङ्पा, नीना गुप्ता र सारिका हसन जस्ता स्टार रहेका र नेपालमा छायांकन गरिएको बलिउड फिल्म उचाइ को नयाँ गीत अरे ओ अंकल बोलको गीत शुक्रबार सार्वजनिक गरिएको हो।

सार्वजनिक गीतमा दिव्य कुमार र देवेन्द्रपाल सिंहको स्वर रहेको गीतमा इर्साद कमिलको शब्द र अमित त्रिवेदीको संगीत छ। बुढेसकालमा हिमाल चढ्न चाहने अमिताभ बच्चन, अनुपम खेर र बोमन इरानीलाई शारीरिक व्यायाम गरिरहेको दृश्य निकै रमाइलो छ ।

अमिताभ बच्चन उपस्थित नहुँदा उनको डमी कलाकार प्रयोग गरिएको थियो भने भने मुम्बईमा मा अमिताभले नै अभिनय गरेका छन्। आगामी कात्तिक २५ गतेदेखि प्रदर्शन हुन लागेको फिल्म राजश्री प्रोडक्सनले निर्माण गरेका हुन् भने फिल्मको निर्देशन सुरज वर्जत्यले गरेका हुन्। मनोजकुमार खतोइले छायांकन गरेको फिल्मलाई श्वेता वेंकट म्याथ्यूले सम्पादन गरेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर