चितवनमा थप पाँच कोरोना सङ्क्रमितको मृ त्यु — OSNepal

चितवनमा थप पाँच कोरोना सङ्क्रमितको मृ त्यु

LC (KTM) May 13, 2021 0

चितवन, ३० वैशाख- जिल्लाका बिभिन्न अस्पतालमा पाँच कोरोना सङ्क्रमितको मृ त्यु भएको छ । मृ त्यु हुनेमा चितवनका दुई र अन्य बाहिरी जिल्लाका रहेका छन् । भरतपुर महानगरपालिका–९ की ३५ वर्षीया महिलाको कोरोना सङ्क्रमणका कारण मृ त्यु भएको छ । उनको पुष्पाञ्जली अस्पताल भरतपुरमा उपचारका क्रममा मृ त्यु भएको हो । यही वैशाख १५ गते कोरोना सङ्क्रमण पुष्टि भएकी उनमा निमोनियाको समस्या जटिल भई वैशाख २० गते अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा उनको आज बिहान २ः०० बजे मृत्यु भएको हो ।

चितवन मेडिकल कलेजमा उपचाररत तनहुँका ४१ वर्षीय पुरुषको कोरोना सङ्क्रमणका कारण मृ त्यु भएको हो । तनहुँको व्यास नगरपालिका– १ का उनी यही वैशाख २६ गते निमोनियाको समस्या भई उपचारका लागि अस्पताल भर्ना भएका थिए । सोही दिन कोरोना सङ्क्रमण पुष्टि भएका उनको उपचारका क्रममा कोभिड सघन उपचारकक्षमा आज बिहान १ः४२ बजे मृत्यु भएको हो ।

सोही अस्पतालमा उपचाररत रुपन्देहीको सैनामैना नगरपालिका–८ का ५९ वर्षीय पुरुषको मृत्यु भएको छ । निमोनियाको समस्या भई वैशाख २२ गते अस्पताल भर्ना भएका उनमा सोही दिन सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचारकक्षमा उपचारका क्रममा उनको बुधबार राति १०ः२६ बजे मृ त्यु भएको हो ।

पुरानो मेडिकल कलेजमा उपचाररत भरतपुर–३ का ४८ वर्षीय पुरुषको कोरोना सङ्क्रमणका कारण मृ त्यु भएको छ । निमोनियाको समस्या भई वैशाख २९ गते अस्पतालमा भर्ना भएका उनमा सोही दिन सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचारकक्षमा उपचारका क्रममा उनको बुधबार राति १०ः१० वजे मृ त्यु भएको हो ।

सोही अस्पतालमा उपचारका क्रममा कपिलवस्तुका सङ्क्रमितको मृत्यु भएको छ । शिवराज नगरपालिका–९ का ४५ वर्षीय पुरुषको मृ त्यु भएको हो । निमोनियाको समस्या भई वैशाख २७ गते अस्पतालमा भर्ना भएका उनमा वैशाख २६ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । अस्पतालको कोभिड सघन उपचारकक्षमा उनको बुधबार राति ९ः४५ बजे मृत्यु भएको हो । मृ तक सबैको शव व्यवस्थापनका लागि नेपाली सेनासँग समन्वय भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर