संसारबाट बिदा हुनु अघि श्रीदेवीले गरेकी थिइन् फिल्म क्षेत्र छाड्ने फैसला , छोरी जान्भीले गरिन् खुलासा — OSNepal

संसारबाट बिदा हुनु अघि श्रीदेवीले गरेकी थिइन् फिल्म क्षेत्र छाड्ने फैसला , छोरी जान्भीले गरिन् खुलासा

LC (KTM) October 29, 2022 0

एजेन्सी – अभिनेत्री श्रीदेवी आज भलै यो संसारमा छैनन्, तर उनलाई अझै पनि फ्यानहरुले सम्झिइरहेका छन् । श्रीदेवी जति सुन्दर थिइन्, उति नै राम्रो अभिनय पनि गर्थिन् । आज पनि उनका कैयौं फिल्म टेलिभिजनमा प्रसारण हुँदै आएका छन् ।

सन् १९६३ अगष्ट १३ मा जन्मिएकी श्रीदेवी बलिउडको पहिलो महिला सुपरस्टार थिइन् । उनको निधन सन् २०१८ फेब्रुअरी २४ मा भएको थियो । उनले बलिउडका झण्डै ३ सय फिल्ममा काम गरिन् । जसमा धेरै फिल्म हिट भएका थिए ।

हिरोभन्दा बढी पारिश्रमिक लिने उनले दुनियाबाट बिदा लिनु पहिले फिल्म पिल्म क्षेत्र छाड्ने फैसला लिन लागेकी थिइन् । यो कुराको खुलासा छोरी जान्भी कपुरले गरेकी हुन् । जान्भी कपुरले आफ्नी आमासँग बिताएका पुराना दिन सम्झदै उनले आमाले आफुहरुका लागि फिल्म छाड्न लागेको बताएकी हुन् । फिल्म इंग्लिश विंग्लिशु को सुटिगंका बेला छोरी जान्भीलाई फोन गरे श्रीदेवीले म फिल्म क्षेत्र छाडेर तिमीहरुसँग बस्छु भनेको उल्लखे गरेकी छन् । त्यस बखत जान्भीले आफुहरु सधै हजुरको साथ छौ चिन्ता नलिनु भनेर सम्झाएको जान्भीले बताइन् ।

श्रीदेवी यस्तो अभिनेत्री थिइन्, जसको फिल्म हेर्न दर्शकहरु सिनेमाघरतिर दौडन्थे । उनले आफ्नो अभिनयको दममा पहिलो महिला सुपरस्टारको उपाधि पोल्टामा पारिन् । यही कारण त्यो समयमा उनी अभिनेताभन्दा बढी पारिश्रमिक लिन्थिन् । फिल्म ‘नगीना’मा उनले अभिनेता ऋषि कपूरभन्दा बढी पारिश्रमिक लिएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर