ठुमकेश्वरी गीतमा आइटम डान्स गरेकी कृतिको यो डान्स किन भयो भाइरल — OSNepal

ठुमकेश्वरी गीतमा आइटम डान्स गरेकी कृतिको यो डान्स किन भयो भाइरल

LC (KTM) October 30, 2022 0

एजेन्सी -सोशल मीडियामा अभिनेत्री कृति सेननको डान्स भाइरल बनेको छ । उनले गरेको आइटम डांस ठुमकेश्वरी शुक्रवार रिलिज भए लगत्तै भाइरल बनेको हो । गीतको भिडियोमा उनले वरुण धवनसँग डान्स गरेकी छन् ।

मुम्बइको एक थियेटरको छत मा चढेर वरुण धवनको साथमा डान्स गरेकी हुन् । उनी डान्स गर्दा बोल्ड अन्दाजमा देखा परेकी छन् । यो आइटम डान्समा करणले कियाराको स्थानमा कृतिलाई लिएको कफि विथ करण शोमा खुलासा गरेका हु्न ।

कृति बलिउडमा एक पछि अर्को आइटम डान्समा व्यस्त छिन् । उनल ठुमकेश्वरी पहिले परम सुंदरी (मिमी), ऐरा गैरा (कलंक), बांसुरी जस्ता नम्बरमा आइटम डान्स गरेकी हुन् ।

यो पनि पढ्नुहोस : विनोद खन्नालाई हिरो बनाउने निर्देशक शिवको निधन – मुम्बई, ११ कात्तिक:फिल्म निर्देशक तथा निर्माता शिवकुमार खुरानाको निधन भएको छ । उनले ८३ वर्षको उमेरमा ब्रह्माकुमारी ग्लोबल अस्पतालमा अन्तिम श्वास फेरेका हुन् । उनको परिवारमा पत्नी र दुई छोरा छन् ।

शिव अभिनेता विनोद खन्नालाई फिल्ममा अभिनेताका रुपमा अनुबन्ध गराउने पहिलो निर्देशकका रुपमा चिनिन्छन् । उनले विन्दु दारा सिंहलाई पनि फिल्ममा सार्वजनिक गरेका थिए ।

शिवकुमारले ‘मिट्टी और सोना’, ‘फस्ट लव लेटर’, ‘बदनाम’, ‘बदनसीब’, ‘बेगुनाह’, ‘जालसाज’, ‘बेआबरू’, ‘सोने की जंजीर’, ‘इंतकाम की आग’ जस्ता फिल्म निर्देशन गरेका थिए । यीबाहेक ‘दगाबाज’, ‘हम तुम और वह’, ‘अंग से अंग लगाए’ जस्ता फिल्म निर्माण गरेका थिए ।

शिवले आफ्नो ३५ वर्षे फिल्मी करिरयरमा ठूला स्टारसँग काम गरे । विनोदलाई अधिकांश फिल्ममा भिलेनको भूमिकामा अफर आइरहँदा शिवले नै पहिलोपटक उनलाई आफ्नो फिल्ममा हिरोको भूमिकामा अनुबन्ध गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर