बीजेपीले चाहेमा जनताको सेवाका लागि चुनाव लड्ने बलिउड अभिनेत्री कंगनाको चाहना — OSNepal

बीजेपीले चाहेमा जनताको सेवाका लागि चुनाव लड्ने बलिउड अभिनेत्री कंगनाको चाहना

LC (KTM) October 30, 2022 0

एजेन्सी । भारतीय अभिनेत्री कंगना रनौतले बीजेपीबाट चुनाव लड्ने चाहना व्यक्त गरेकी छन् । कंगनाले हिमाञ्चल प्रदेशको मण्डी सिटलाई चुनाव लड्न पहिलो रोजाइ भएको बताउदै भाजपाले चाहेमा चुनाव लड्ने उल्लेख गरेकी हुन् ।

लोकसभा सांसद बन्न चाहने उनले नलाई सोधिएको थियो, ‘सक्रिय राजनीतिमा आउन चाहानुहुन्छ कि मौका पाए आउनुहुन्छ ?’ यसको जवाफमा कंगनाले भनिन्, ‘मेरो राजनीतिमा कुनै पनि हिसाबले क्लोज एन्डमा छैन ।

यस्तो अवस्थामा म आफैंलाई मौका दिन सक्छु यदि हिमाञ्चलका जनता र बीजेपीले चाहेमा जनताको सेवाका लागि हिमाञ्चलको मंडी सिटबाट आगामी लोकसभा चुनाव लड्न सक्छु ।’ सधैं आफ्नो बयानका कारण चर्चामा आउने कंगना बलिउडमा मुखाले नायिकाको रुपमा समेत बलिउडमा परिचित छन् ।

उनले बलिउडमा धेरै फिल्ममा सफल अभिनय गरेकी छन् । उनी बलिउडकी महंगी नायिका समेत हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर