आफ्नी नातिनी नव्यालाई जयाको सुझाब 'विवाहअघि नै आमा बन्दा कुनै समस्या छैन्’ — OSNepal

आफ्नी नातिनी नव्यालाई जयाको सुझाब ‘विवाहअघि नै आमा बन्दा कुनै समस्या छैन्’

LC (KTM) October 30, 2022 0

एजेन्सी । भारतीय अभिनेत्री जया बच्चनले आफ्नी नातिनीलाई विवाहअघि नै आमा बन्दा कुनै समस्या नभएको बताएकी छन् । शनिबार आफ्नी नातिनी नव्या नवेली नन्दको पोडकास्टमा सहभागी भएकी जयाले यस्तो बताएकी हुन् ।

छोरी श्वेता सँगै सहभागी भएकी जयाले कुनै पनि सम्बन्ध लामो समयसम्म टिक्नका लागि शारीरिक आकर्षण र शारीरिक सम्बन्ध निकै महत्वपूर्ण हुने भएकाले विवाहअघि नै आमा बन्दा कुनै समस्या नभएको बताएकी हुन् ।

जयाले आफ्नी नातिनीलाई लामो समयसम्म कसरी प्रेम सम्बन्ध टिकाउन सकिन्छ भनेर सुझाब पनि दिएकी थिइन् । कुनै पनि सम्बन्ध लामो समयसम्म टिक्नका लागि शारीरिक सम्बन्ध र शारीरिक आकर्षण धेरै महत्त्वपूर्ण हुन्छ भन्ने मेरो मान्यता हो । हाम्रो पुस्तामा हामीले यी सबै कुरा कहिल्यै महसुस गर्न पाएनौ तर, अहिलेको समयमा यस कुरामा बिचार गर्न जरुरी छ ।

`मलाई लाग्छ यदि तपाई कसैलाई माया गर्नुहुन्छ र विवाह गर्न चाहानुहुन्छ भने, विवाह गर्नु अघि बच्चा जन्माउन सक्नुहुन्छ यसमा मलाई कुनै आपत्ति छैन जयाले भनिन् । अमिताभकी पत्नी जयाले जया छिट्टै बलिउडमा कमब्याक गर्ने तयारीमा छिन् । उनी २०२३ मा आउने फिल्म रकी और रानी की प्रेम कहानीमा देखिनेछिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर