ख तरनाक देखियो दोस्रो लहर, कोरोना फैलिने दरमा नेपाल विश्वमै दोस्रो स्थानमा — OSNepal

ख तरनाक देखियो दोस्रो लहर, कोरोना फैलिने दरमा नेपाल विश्वमै दोस्रो स्थानमा

LC (KTM) May 13, 2021 0

काठमाडौं- भारतको तुलनामा नेपालमा कोभिड–१९ को दोस्रो लहर बढी ख तरनाक देखिएको छ । यहाँ भारतभन्दा बढी अनुपातमा कोभिड पोजिटिभ देखिएसँगै दैनिक मृ त्युको संख्यासमेत तुलनात्मक रूपमा धेरै छ ।एक साताअघि नेपालमा संक्रमण दर विश्वमै धेरै थियो । अहिले भने संक्रमण फैलिने दरमा भियतनामपछि नेपाल दोस्रो स्थानमा छ ।

हाल भियतनाममा संक्रमण फैलिने दर २.४ छ भने नेपालमा १.६ छ । अर्थात्, नेपालमा १० जना संक्रमितले १६ जनालाई रोग सार्छन् भने भियतनाममा १० संक्रमितले २४ जनालाई रोग सारिरहेका छन् ।

कोभिड सार्ने दरको हिसाबले भारत विश्वमा ३६ औं स्थानमा रहेको काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सका महामारीविद् डा. अर्चना श्रेष्ठले बताइन् । कान्तिपुरमा खबर छ ।नेपालमा कोभिड पोजिटिभिटी दर ४५ प्रतिशत देखिनु ‘डिजास्टर’ अवस्था रहेको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर