पीडितको बयान : होटलमा पहिलो पटक करणी गरेर सन्दीप बाथरुम पसेर फ्रेस भएर निस्के, म भने रोएर रात फाले — OSNepal

पीडितको बयान : होटलमा पहिलो पटक करणी गरेर सन्दीप बाथरुम पसेर फ्रेस भएर निस्के, म भने रोएर रात फाले

LC (KTM) October 31, 2022 0

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कारको आरोप लगाएकी नाबालिकाले सन्दीपले आँफुलाई त्यो रात होटलमा पटक पटक ढाडमा हानेको बयान दिएकी छन् । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले अदालतमा पेश गरेको अभियोग पत्रमा उल्लेखित बयान अनुसार उनले दोस्रो पटक जबरजस्ती करणी गर्दा आफूलाई ‘ढाडमा जोडले हानेको’ उल्लेख गरेकी छिन् ।

पिडित भनिएकी नाबालिकाले होटल काठमाडौं इनको कोठा नम्बर ३०५ मा बसेका बेला निकै थाकेकाले कुर्सीमा नै आफू अर्धनिन्द्रामा परेको बयानमा उल्लेख छ । बयानमा उनले भनेकी छिन् सन्दीपले मलाई लुगा फुकालेर सुत भने । तर मैले टेरिन र निदाएछु । ‘त्यसको अन्दाजी २० देखि २५ मिनेटमा १२ः२५ बजेतिर ब्यूँझिँदा आफूले लगाएको पाइन्ट खोलेर ममाथी जबरजस्ती करणी गरिरहेको देखेपछि म निकै आत्तिए । तर उनी भने बाथरुमतिर गएर फेरि सुते । त्यसको करिब एक घन्टापछि लामिछानेले शरीरका विभिन्न भागमा चलाउने गरे मैल सहन नसकेर बेस्सरी रुँदा उनले कसेर मेरो ढाडमा हिर्काए किशोरीले दिउको बयानमा उल्लेख छ ।

त्यस्तै सन्दीपले भने आँफुले ति किशोरीसँग रात बिताएको तर बलात्कार नगरेको बयान दिएका छन् । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले अदालतमा पेश गरेको अभियोग पत्रमा उल्लेखित बयानमा सन्दीपले ती किशोरीले ‘आफू दयनीय स्थितिमा रहेको’ भन्दै भेट्न कर गरेपछि भेटेर तिनै किशोरीले एकदमै कर गरेपछि बल्ल नगरकोट गएको बयान दिएका छन् ।

सन्दीपले ५ भदौको साँझ चार बजेतिर उनलाई फोन गरेको बताउँदै तपाईं काम भ्याएर आउनु, म होस्टलमै पर्खी बस्छु भनेको समेत बयानमा उल्लेख गरेका छन् । सन्दीपले प्रहरीसँगको बयानमा युवतीले त्यो दिन आँफुलाई धेरै बल गरेर बोलाएपछि मात्रै आँफु गएको बताउँदै भनेका छन् उनले आँफु ठूलो समस्यामा परेको र उक्त कुरा भेटेर मात्रै भन्ने बताएपछि गाडी लिएर गएको बताएका छन् ।

बयानमा सन्दीपले किशोरीकै प्रस्तावमा होस्टल नजिकै नगई उनले इच्छाएको लिटल काठमाडौं रेष्टुरेन्टमा गएको बताएका छन् । उनले भनेका छन् ‘त्यतिबेला उनले फेरि पटकपटक भेट्ने प्रस्ताव गरेकी थिइन्’, लामिछानेले वयानमा भनेका छन्, ‘मैले आज भेट्न सम्भव छैन भन्दा उनले ठीक छ, तपाईं काम भ्याएर आउनु, म होस्टलमै पर्खी बस्छु भनेकी थिइन् ।’

सन्दीपले गाडीमा कुराकानी हुँदा किशोरीले आफू १९ वर्ष पुगेको बताएको पनि जिकिर गरेका छन् । ‘बाटोमा जाँदै गर्दा भक्तपुरको दरबार स्क्वायर पुग्दा उनलाई मैले नगरकोट पुग्दा ढिलो हुन्छ, फेरि तिम्रो होस्टल पनि बन्द हुन्छ, यतैकतै खाजा खाएर फर्किउँ भन्दा उनले होइन, होस्टल बन्द हुँदैन, जति बेला पनि खुला हुन्छ र मलाई नगरकोटबाट साँझको भ्यू अवलोकन गर्न इच्छा छ भनेकी थिइन्’ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर