हलिउड रैपर कार्डी बी भईन् गर्भवती , न्युड फोटो शेयर सहित गरिन् टिभी लाईभमै खुलासा — OSNepal

हलिउड रैपर कार्डी बी भईन् गर्भवती , न्युड फोटो शेयर सहित गरिन् टिभी लाईभमै खुलासा

LC (KTM) June 28, 2021 0

हलिउड रैपर कार्डी बी आफ्नो दोस्रो बच्चाको आमा बन्ने भएकी छिन् । कार्डी बी ले बिइटी अवार्डस्मा आफ्नो प्रस्तुतीको दौरानमा बेबी बम्प गर्दै यसबारे खुलासा गरेकी हुन् । कार्डीको यो खुशीको खबर सुनेर सबै अचम्मित भएका छन् भने खुशी पनि भएका छन् ।

मिगोस संग प्रस्तुती दिदै कार्डी बी ले आफ्नो बेबी बम्प फ्लण्ट गरेकी हुन् । त्यती मात्र हैन उनले आफ्नो बोल्ड तस्बिर समेत सामाजिक सञ्जालमा शेयर गरेकी छिन् । यो पहिलो पटक हैन उनले आफु गर्भवती भएको टिभिमा लाइभ खुलासा गरेको ।

यो भन्दा पहिला आफ्नो छोरी कल्चर किआरीको बेलामा पनि उनले शनिबार नाइट लाइभ शो मा आफु गर्भवती भएको सार्वजनिक गरेकी थिईन् । उनकी छोरी कल्चर अहिले ३ बर्षकी भएकी छिन् । कार्डीका पति आफसेट पनि दोस्रो पटक बुवा बन्न लागेकोमा खुशी छन् । कार्डी बी ले आफसेट संग २०१७ सेप्टेम्बर २० मा बिबाह गरेकी थिईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर