करिश्माको मुख्य भूमिका रहेको ‘बगान’मा छ एकल महिलाको कथा — OSNepal

करिश्माको मुख्य भूमिका रहेको ‘बगान’मा छ एकल महिलाको कथा

LC (KTM) November 01, 2022 0

काठमाडौा – फिल्म ‘बगान’को ‘उडी छुनु छ’ बोलको गीत सार्वजनिक गरिएको छ । फागुणको १२ गतेबाट नेपालभर रिलिज गर्ने तयारी गरिएको फिल्ममा नायिका करिश्मा मानन्धर मुख्य भूमिकामा छिन् । बानिका प्रधानको स्वर, सुरेश वाग्लेको शब्द, हरि लम्सालको संगीत छ ।

फिल्ममा गौरी शंकर धुजुको छायांकन, सन्देश शाहको सम्पादन छ । करिश्माका अलावा प्रमिला कार्की, निर शाह, मिथिला शर्मा, बसुन्धरा भुषाल लगायतका कलाकारको पनि मुख्य भूमिका रहेको फिल्मको निर्देशन सरोज खनालले गरेका हुन् ।

यही फिल्मबाट सरोज खनालले ठूलो पर्दाको फिल्म निर्देशनमा हात हालेका छन् । फिल्मको कार्यकारी निर्माता विनोद मानन्धर हुन् भने फिल्ममा सुरेश वाग्लेको पनि लगानी रहेको छ ।

फिल्मले एकल महिलाले किन बिहे गर्नु हुँदैन भन्ने प्रश्न उठाएको गीत रिलिज कार्यक्रममा सरोज खनालले जानकारी दिए । सार्वजनिक गीतमा बानिका प्रधानको स्वर, सुरेश वाग्लेको शब्द, हरि लम्सालको संगीत छ । फिल्ममा गौरी शंकर धुजुको छायांकन, सन्देश शाहको सम्पादन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर