अनमोलको ‘छड्के २’ र दीपक दीपाको ‘छक्का पञ्जा ४’ भिड्ने पक्का भएसँगै फिल्मी क्षेत्रमा तरंग पैदा — OSNepal

अनमोलको ‘छड्के २’ र दीपक दीपाको ‘छक्का पञ्जा ४’ भिड्ने पक्का भएसँगै फिल्मी क्षेत्रमा तरंग पैदा

LC (KTM) November 01, 2022 0

काठमाडौं । चर्चित निर्माता निर्देशक तथा कलाकार दीपकराज गिरी र दीपाश्री निरोलाको ‘छक्का पञ्जा ४’सँग अनमोल केसीको ‘छड्के २’ भिड्ने पक्का पक्की भउको छ । ‘छक्का पञ्जा ४’सँग अनमोलको ‘छड्के २’ भिड्ने मिति हो यस वर्षको फागुन १९ । सोही मितिमा । ‘वर एन्ड वधु’, ‘परस्त्री’, ‘बुलाकी’ र ‘छक्का पञ्जा ४’ पनि प्रर्दशन हुने भनिएको छ ।

यद्यपी यो मितिमा कुनै निर्माताले खुट्टा नकमाए बक्सअफिसमा पाँच फिल्मको भिडन्त हुने पक्का छ । तर फागुन १९ आउन अझै पूरा ४ महिना बाँकी रहेकाले फागुन १९ गते कुन कुन फिल्मको भिडन्त हुनेछ भन्ने अहिले नै ग्यारेन्टी भने हुँदैन ।

प्रतिक्षित मानिएका २ फिल्म ‘छक्का पञ्जा ४’ र ‘छड्के २’ ठूलो लगानीमा बनेका फिल्म भएका कारण पनि यी दुईमध्ये कुनै एकले प्रर्दशन मिति सार्न सक्ने समेत संभावना रहन्छ । निगम श्रेष्ठद्वारा लिखित तथा निर्देशित ‘छड्के २’ को हालै पोस्टर रिलिज गर्दै प्रचार प्रसार ब्यापक रुपमा सुरु गरिउको छ ।

जसमा अभिनेता अनमोल केसी ग्याङस्टर लुक्समा प्रस्तुत छन् । उनको घाँटीदेखि पाखुरासम्म ट्याटुहरु खोपिएका छन् । लामो कपाल र कालो चश्मामा बाइकमा चलाउँदै देखिएका उनको अगाडि(पछाडि ग्याङस्टर हुलियामा केही युवकहरु देखिन्छन् ।

फिल्मको पोस्टर आकर्षक छ भने अनमोलको लुक्स जबर्जस्त छ । फिल्ममा अनमोलका अलावा रोविन तामाङ, कमलमणि नेपाल, रेशा आले मगरलगायतको पनि अभिनय छ । फिल्मको निर्मातामा प्रशान्त गिरी र देवकुमार श्रेष्ठ छन् । लक्ष्मण काफ्ले र निर्भाना फिल्म स्कूल कार्यकारी निर्माता हुन् ।
Write to Suman Sapkota

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर