मैले लगाएको पहिरन र मेरो सुन्दरताको मात्रै चर्चा भयो तर अभिनयको कहिल्यै भएन् भन्दै दुखेसो पोखिन् करिश्माले — OSNepal

मैले लगाएको पहिरन र मेरो सुन्दरताको मात्रै चर्चा भयो तर अभिनयको कहिल्यै भएन् भन्दै दुखेसो पोखिन् करिश्माले

LC (KTM) November 01, 2022 0

काठमाडौँ । सदावहार नायिका करिश्मा मानन्धरले अवार्ड नपाएको भन्दै असन्तुष्टी पोखेकी छिन् । सोमबार राजधानीमा आयोजिक फिल्म ‘बगान’को पत्रकार सम्मेलनमा करिश्माले घुमाउरो तरिकाले आजसम्म आफूलाई सुन्दरता र पहिरनको मामालामा मात्र चर्चा गरिएको तर अहिलेसम्म एउटा पनि अवार्डका लागि नसम्झिएको भन्दै गुनासो पोखिन् ।

फिल्ममा पनि मलाई सुन्दरता र पहिरनमा नै बढी देखाउन खोजीयो तर म आफूलाई बलियो भूमिकामा प्रस्तुत गर्न चाहान्थे । आँफुलाई कहिले पनि गम्भिर खालका भूमिकामा अफर नगरिएकोमा पनि करिश्माले केही समय खर्चिइन् ।

मेकरको मन जित्न सक्ने दाबी गर्दै उनले भनिन् म राम्रो भूमिका पाएको खण्डमा आमाको मात्र नभएर हजुरआमाको भूमिकामा पनि काम गर्न तयार छु । करिश्माले अफर आयो भन्दैमा आफूले यत्रो समय लगाएर बनाएको करिअरलाई दाउमा राख्न नसक्ने तर सशक्त भूमिका पाए जस्तो सुक्यै रोलमा पनि काम गर्न आँफु पछि नपर्ने कुरामा जोड दिइन् ।

‘’बगान’लाई आफ्नो करिअरको दोश्रो इनिङ समेत बताउन पछि नपरेकी करिश्मा पछिल्ला दिनमा फिल्म बिहिन बनिरहँदा उनका समकक्षी नायिकाहरु अभिनय र निर्माणमा ब्यस्त छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर