बलिउड अभिनेत्री रम्भा सहित उनका छोराछारी चढेका कार दुर्घटना, छोरी अस्पताल भर्ना — OSNepal

बलिउड अभिनेत्री रम्भा सहित उनका छोराछारी चढेका कार दुर्घटना, छोरी अस्पताल भर्ना

LC (KTM) November 01, 2022 0

काठमाडौँ। बलिउड अभिनेत्री रम्भाको कार दुर्घटना भएको छ। दुर्घटनामा परि उनकी छोरी घाइते भएकी छिन्। स्कुलबाट बालबालिकालाई घर लैजादै गर्दा उनको कार अर्को कार सँग ठोकिएर दुर्घटनामा परेको थियो अहिले उनको अबस्था सामान्य भएपछि छोरी भने अस्पताल भर्ना भएकी छन् ।

दुर्घटनाको दुस्खद खबर फ्यानसँग सेयर गर्दै रम्भाले आफ्नो पोस्टमा लेखेकी छिन्– बालबालिकालाई स्कुलबाट लैजाँदै गर्दा हाम्रो कार अर्को कारसँग ठोक्कियो। केटाकेटी र न्यानी मसँगै गाडीमा थिए। हामी सबै सुरक्षित छौं। हामीलाई सामान्य चोट लागेको छ। तर मेरो सानो साशा अझै अस्पतालमा छिन्। कृपया हाम्रो लागि प्रार्थना गर्नुहोस्। तपाईको प्रार्थनाले धेरै अर्थ राख्छ।

रम्भाको पोष्टमा कमेन्ट गरेर सेलिब्रेटी र फ्यानहरूले छोरीको शीघ्र स्वास्थ्यलाभको कामना गरिरहेका छन्।रम्भा अहिले फिल्मी अहिले अहिले फिल्मी क्षेत्रबाट टाढा भएपनि उनले धेरै फिल्ममा सफल अभिनय गरेकी छन् ।रम्भा सलमान खानको अपोजिट जुडवामा देखिएकी थिइन् ।

जुडवा बाहेक रम्भा ‘घरवाली बहरवाली’, ‘क्योंकि म झूट बोल्दिन’ लगायत धेरै फिल्ममा देखिएकी छिन्। रम्भाले हिन्दी सिनेमाबाहेक तमिल, तेलुगु, कन्नड, मलयालम, बंगाली फिल्ममा पनि काम गरिसकेकी छिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर