चितुवाको छाला सहित समातिए वीरेन्द्र — OSNepal

चितुवाको छाला सहित समातिए वीरेन्द्र

LC (KTM) May 13, 2021 0

सुर्खेत, ३० वैशाख-गुर्भाकोट नगरपालिका-३ कुरिलेस्थित सडकबाट ७ फिट ६ ईन्च लम्बाई भएको १ थान चितुवाको छालासहित सोही नगरपालिका-९ बस्ने ३६ वर्षीय वीरेन्द्र कुमार खत्रीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।बोटोचौरबाट जाजरकोटतर्फ जाँदै गरेको भे.४ प ४८८७ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा लुकाई ल्याएको अवस्थामा उक्त छाला सहित फेला पारी उनलाई प क्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो पनि पढ्नुहोस- ख तरनाक देखियो दोस्रो लहर, कोरोना फैलिने दरमा नेपाल विश्वमै दोस्रो स्थानमा पुग्यो : भारतको तुलनामा नेपालमा कोभिड–१९ को दोस्रो लहर बढी ख त रनाक देखिएको छ । यहाँ भारतभन्दा बढी अनुपातमा कोभिड पोजिटिभ देखिएसँगै दैनिक मृत्युको संख्यासमेत तुलनात्मक रूपमा धेरै छ ।एक साताअघि नेपालमा संक्रमण दर विश्वमै धेरै थियो । अहिले भने संक्रमण फैलिने दरमा भियतनामपछि नेपाल दोस्रो स्थानमा छ ।कान्तिपुरमा खबर छ ।

हाल भियतनाममा संक्रमण फैलिने दर २.४ छ भने नेपालमा १.६ छ । अर्थात्, नेपालमा १० जना संक्रमितले १६ जनालाई रोग सार्छन् भने भियतनाममा १० संक्रमितले २४ जनालाई रोग सारिरहेका छन् । कोभिड सार्ने दरको हिसाबले भारत विश्वमा ३६ औं स्थानमा रहेको काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सका महामारीविद् डा। अर्चना श्रेष्ठले बताइन् । नेपालमा कोभिड पोजिटिभिटी दर ४५ प्रतिशत देखिनु ‘डिजास्टर’ अवस्था रहेको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर