साम्राज्ञी र पुष्प खड्का अभिनीत चलचित्र ‘तिम्रो मेरो साथ’ को पोस्टर सार्वजनिक — OSNepal

साम्राज्ञी र पुष्प खड्का अभिनीत चलचित्र ‘तिम्रो मेरो साथ’ को पोस्टर सार्वजनिक

LC (KTM) November 02, 2022 0

काठमाडौं । अभिनेता पुष्प खड्का र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनीत चलचित्र ‘तिम्रो मेरो साथ’ को पोस्टर सार्वजनिक भएको छ । तिहारको अवसर पारेर आइतबार निर्माण पक्षले सार्वजनिक गरेको पोस्टरमा साम्राज्ञी र पुष्पलाई रोमान्टिक रुपमा देखाइएको छ । स्विम सुटमा रहेकी साम्राज्ञीलाई पुष्पले बोकिरहेको दृश्यलाई पोस्टरमा प्रस्तुत गरिएको छ ।

निर्माता रमेश एमके पौडेलले पहिलो चोटी निर्देशन गरेको डेब्यु ‘तिम्रो मेरो साथ’ आगामी २९ पुसमा देशव्यापी रुपमा प्रदर्शनमा आउने तयारीमा रहेको निर्माण पक्षले जनाएको छ । यसअघि उनले चलचित्र रुद्रप्रिया, राज्जा रानी, दुलही, तीन घुम्ती लगायतका चलचित्र निर्माण गरिसकेका छन् । सौर्य दैनिकमा खबर छ । चलचित्रमा अभिनेता सरोज खनाल, सन्दीप क्षेत्री, खड्कबहादुर पुनमगर ९खबपु०, इमिली लामा, ध्रुव दत्त लगायतका कलाकारको अभिनय छ ।

आर्यन चलचित्र तथा बोधी एचडी अमेरिकाको ब्यानरमा निर्माण गरिएको यो चलचित्रको निर्मातामा पासाङ लामा र सहनिर्मातामा निरू भण्डारी, अशोक पोखरेल, सुमन पौडेल र सुधीर पराजुली रहेका छन् । सविर श्रेष्ठको लेखन रहेको चलचित्रको छायांकन शिव ढकालले गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर