साउदीको जेलमा रहेका नेपाली विवेकलाई दिइयो मृत्यु द ण्ड, शव परिवारलाई नदिई साउदीकै जमिनमा गाडियो — OSNepal

साउदीको जेलमा रहेका नेपाली विवेकलाई दिइयो मृत्यु द ण्ड, शव परिवारलाई नदिई साउदीकै जमिनमा गाडियो

LC (KTM) November 02, 2022 0

काठमाडौं : साउदी अरबमा १५ वर्षदेखि जेल जीवन बिताएका एक नेपालीलाई मृ त्युद ण्ड दिइएको छ । मृत्यु दण्ड पाउनेमा उदयपुरका विवेक दाहाल रहेका छन् । दाहालले २ फेब्रुअरी २००७ मा आफन्त राजेन्द्र विष्टको ह त्या गरेका थिए ।

अदालतले विष्टको ह त्या गरेको ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको थियो । तल्लो अदालतको आदेशलाई, क्रिमिनल कोर्ट र सर्वोच्च अदालतबाट पनि सदर गरेको थियो ।

मृ त्युद ण्डपछि उनको शव परिवारलाई नदिई साउदीमा जमिनमा गाडिएको बताइएको छ । जुवेल जेल प्रशासनले कार्तिक ६ गते दाहाललाई मृत्युदण्डको सजाय कार्यान्वयन गरेको हो ।

दूतावासलाई जानकारी नदिई मृत्युदण्डको सजाय कार्यान्वयनमा आएको बताइएको छ ।दाहाललाई माफी दिएर स्वदेश पठाउनको लागि राष्ट्रपति विद्यादेवी भण्डारीले साउदी राजालाई पत्र पठाएकी थिइन् ।

त्यसबाहेक साउदीका सबै तहमा पनि दूतावासले पहल गर्दै आइरहेको थियो । दाहालले सुतिरहेको बेला विष्ट र सुडानी नागरिक ह त्या प्रयास गरेका थिए । विष्टको तत्काल मृत्यु भएको थियो भने सुडानी नागरिकको आँखामा क्षति पुगेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर