भालारी र पेटनलाई हराउँदै 'द भ्वाइस'को नकआउट राउण्ड जितिन् नेपाली मूलकी परिजिताले — OSNepal

भालारी र पेटनलाई हराउँदै ‘द भ्वाइस’को नकआउट राउण्ड जितिन् नेपाली मूलकी परिजिताले

LC (KTM) November 02, 2022 0

काठमाडौं, कात्तिक १६- नेपाली मूलकी १७ वर्षिया परिजिता बास्तोलाले अमेरिकी गायन रियालिटी शो ुद भ्वाइसु को नकआउट राउण्ड जितेकी छन्। भालारी हार्डिङ र पेटन एल्ड्रिजलाई हराउँदै उनले नकआउट राउण्ड जितेकी हुन्।

कोच जोन लिजेन्डको तर्फबाट प्रस्तुति दिएका उनीहरुलाई उनले जितेकी हुन् । ब्याटल राउण्डदेखि नै कोचहरूको मन जितिरहेकी उनलेनकआउट राउण्डमा एट्टा जेम्सको ‘आई वुड र्‍यादर गो ब्लाइन्ड’ बोलको गीत गाएकी थिइन्। राम्रो प्रस्तुति दिएको भन्दै कोच जोनले तीन जनामध्ये उनलाई छनोट गरेका हुन्।

सानो उमेरमै राम्रो प्रस्तुति दिन सक्ने भन्दै कोचहरूले उनको तारिफ गरिरहेका छन्। उनले ब्लाइन्ड अडिसन गायक ल्याब्रिन्थको ‘जेलस’ बोलको गीत गाउँदै चारै जना कोचको कुर्सी घुमाएकी थिइन् । गायन रियालिटी शो ‘द भ्वाइस’ अमेरिकाको एनबिसी टेलिभिजनबाट प्रसारण भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर