प्रेमिका इशा भण्डारीसँग इन्गेजमेन्ट गरे फुटबल टोलीका सदस्य सुमनले — OSNepal

प्रेमिका इशा भण्डारीसँग इन्गेजमेन्ट गरे फुटबल टोलीका सदस्य सुमनले

LC (KTM) November 02, 2022 0

काठमाडौं, १६ कात्तिक:नेपाल राष्ट्रिय फुटबल टोलीका सदस्य सुमन अर्यालले बुधबार प्रेमिका इशा भण्डारीसँग इन्गेजमेन्ट गरेका छन् । नेपाल राष्ट्रिय फुटबल टोलीका रक्षक सुमन अघिल्लो हप्ता अस्ट्रेलिया पुगेका थिए ।

सुमन विगत केही वर्षदेखि इशासँग प्रेम सम्बन्धमा दिए । सुमन नवलपरासीका हुन् । इशा भने काठमाडौंकी हुन् । उनी अध्ययन सिलसिलामा अस्ट्रेलिया पुगेकी थिइन् ।

सुमन भने एन्फा एकेडेमीका खेलाडी हुन् । उनले नेपालको यु १८, यु १९, यु २३ हुँदै राष्ट्रिय टोलीको नियमिति सदस्य हुन् । असोज ११ गते बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेलमा सुमन राष्ट्रिय टोलीमा समावेश थिए ।हाल अस्ट्रेलिया पुगेका सुमन कात्तिक ३० मा पाकिस्तानविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि भने उपलब्ध हुने छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर