‘मैं पनि एमाले ’ गाएका बद्री पंगेनीले चुनावको मुखैमा ल्याए ‘अघि अघि प्रचण्ड’, भिडियोको चर्चा — OSNepal

‘मैं पनि एमाले ’ गाएका बद्री पंगेनीले चुनावको मुखैमा ल्याए ‘अघि अघि प्रचण्ड’, भिडियोको चर्चा

LC (KTM) November 02, 2022 0

काठमाडौं । नेकपमा एमालेको अघिल्लो पटकको चुनावी गीत ‘मैं पनि एमाले‘’ गाएका बहुचर्चित गायक बद्री पंगेनीले अहिले ‘अघि अघि प्रचण्ड’ बोलको गीतमा स्वर दिएका छन् । ‘अघि अघि प्रचण्ड’ मा बद्री पंगेनी र स्मिता दाहालको स्वर रहेको छ ।

मंसिर ४ को चुनाव लक्षित नेकपा माओवादी केन्द्रको गीत ‘अघि अघि प्रचण्ड’ गाएर बद्रीले एउटा गायक कलाकारले कुनै सिमित पार्टीको गीत मात्रै गाउँदैन भन्ने कुराको पुष्टि गरेका छन् । माओवादी केन्द्रलाई भोट मागिएको यो गीतमा बद्रीले प्रचण्डकी नातिनी स्मिता दाहालसँग मिलेर स्वर दिएका छन् ।

गीतको भिडियोमा बद्री फिचर्ड त छैनन्, तर उनको आवाजमा भने ‘मैं पनि एमाले‘’ मा नै जस्तो दम छ । गीत गाउनु कलाकारको धर्म भएको बताउने गायक पंगेनीले भने पेसागत हिसाबमा यो मेरो एउटा व्यवसाय हो ।

जुन गीत चल्छ, त्यसप्रति मान्छेले चासो राख्छन्, नचल्नेलाई ध्यान दिंदैनन् त्यही भएर मैले बेलाबेलामा यस्ता गीत संगीतमा समय दि ने गरेको छु । सार्वजनिक गीतमा पछिल्लो पुस्ताकी चर्चित मोडल करिश्मा ढकाल र लोमेशको बेजोड अभिनय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर