चर्चित भारतीय गायक स्व.बप्पी लाहिरीले गाएको यो गीत चीनमा किन भइरहेको छ भाइरल ? — OSNepal

चर्चित भारतीय गायक स्व.बप्पी लाहिरीले गाएको यो गीत चीनमा किन भइरहेको छ भाइरल ?

LC (KTM) November 02, 2022 0

एजेन्सी – चर्चित भारतीय गायक स्व. बप्पी लाहिरीको गएको   जिम्मी जिम्मी आजा आजा बोलको गीत अहिले चीनमा भाइरल भइरहेको छ । न् १९८२ मा गाएको गीत अहिले भाइरल बनेको हो ।

यो गीत हिन्दीमा नभई मन्डारिन भाषामा अनुवाद गरिएको हो, जुन ‘जी मी, जी मी’ चीनमा भाइरल भइरहेको छ । यसको अर्थ मलाई चामल देऊ, चामल देऊ । भन्ने रहेको छ । उनीहरू खाली भाँडा देखाएर बनाइएको यो गीतको भिडियो भाइरल बनाउँदैछन् ।

लकडाउनका कारण उनीहरूसँग खानेकुरा बाँकी नभएको, खाली भाँडा देखाउन चाहन्छन् र यसरी जनताले सरकारप्रति आक्रोश पोखेका छन् । सामाजिक सञ्जालमा चिनियाँहरूले उक्त गीतमा टिकटक बनाइरहेका छन् ।

गत महिना राष्ट्रपति सी जिनपिङले चीनमा कोरोनाको अवस्थालाई ध्यानमा राख्दै लकडाउन लागू गर्ने आदेश दिए पछि यो गीतलाई भाइरल गराइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर