दयाहाङ र मिरुना अभिनित फिल्म 'जारी' यो मितीमा हुने भयो रिलिज — OSNepal

दयाहाङ र मिरुना अभिनित फिल्म ‘जारी’ यो मितीमा हुने भयो रिलिज

LC (KTM) November 02, 2022 0

काठमाडौं – फिल्म ‘जारी’को प्रदर्शन मिति घोषणा गरिएको छ । दयाहाङ राई र मिरुना मगरको मुख्य भुमिका रहेको फिल्मको निर्माता रामबाबु गुरुङले आगामी वैशाख १ गते फिल्म रिलिज हुने जानकारी दिए ।

पेन्द्र सुब्बा निर्देशित पहिलो फिल्म ‘जारीका दयाहाङ र मिरुनासहित प्रेम सुब्बा, विजय बराल, रेखा लिम्बू, रोयदीप श्रेष्ठ, कमलमणि नेपाल, पुष्कर गुरुङको समेत अभिनय छ ।

सर्वाधिक कमाउने नेपाली फिल्म ‘कबड्डी’कै निर्माण कम्पनी बाँसुरी फिल्म्सले निर्माण गरेको यो फिल्म उपेन्द्र सुब्बा निर्देशित पहिलो फिल्म हो । सुब्बा कबड्डी सिरिजका लेखक समेत हुन् । पाँचथरका रमणीय स्थानमा फिल्म छायांकन भएको यो फिल्मलाई पनि प्रतिक्षित फिल्मका रपमा हेरिएको छ ।

यो पनि पढ्नुहोस : ‘दर्पणछायाँ ३’ को सुटिङ सिक्किमबाट सुरु हुने – फिल्म ‘दर्पणछायाँ’को तेस्रो श्रृंखलाको छायांकन अंग्रेजी नयाँ वर्ष २०२३ सँगै सिक्किमबाट सुरु हुने भएको छ । २१ वर्षअघिको चर्चित फिल्ममा अब उत्तम प्रधान दिलीप रायमाझी र निरुता सिंह प्रमुख भूमिकामा हुनेछन् ।

यसै महिनाभित्र फिल्मको मुहूर्त हुने र जनवरीबाट छायांकन सुरु गर्ने योजना रहेको सिक्किम फिल्म बोर्डकी अध्यक्ष पूजा शर्माले बताइन् ।
अध्यक्ष शर्मा र निर्देशक तथा अभिनेता उत्तम बीच ‘दर्पणछायाँ ३’ को छायांकनका विषयमा छलफल भएको छ ।

यस अघि पनि दर्पणछायाँ’मा मुख्य भुमिकामा देखिएका दर्पणल अहिले पनि मुख्य भुमिकाका देखिनुका साथै निर्देशन पनि गर्नेछन् । दर्पणछायाँका अघिल्ला दुई शृंखलाको निर्देशन तुलसी घिमिरेले गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर