वृषलाई खुसीयाली छाउने, अन्य राशिको कस्तो छ आज ? — OSNepal

वृषलाई खुसीयाली छाउने, अन्य राशिको कस्तो छ आज ?

LC (KTM) November 04, 2022 0

काठमाडौं, १८ कात्तिक : आजको पात्रो : १८ कात्तिक २०७९, शुक्रबार । तद्नुसार नोभेम्बर ४ तारिक २०२२ । कार्तिकशुक्लपक्ष एकादशी, आजको एकादशीलाई ठुली एकादशी, हरिबोधिनी एकादशी भनिन्छ ।

आषाढशुक्ल एकादशीको दिनदेखि शयनमा रहेका भगवान विष्णु कार्तिकशुक्ल एकादशीको दिन जागा हुने भएकाले आजको एकादशीको विशेष महत्व रहेको छ । वर्षभरी हुने २४ एकादशीको व्रत गर्न सकिएन भने पनि आजको एकादशी व्रत गर्नाले फल प्राप्त हुने मान्यता रहेको छ ।

एकादशीदेखि पूर्णिमासम्मको पाँचदिनलाई भीष्मपञ्चक भनिन्छ । आज सनातनीहरुले घरमा रहेको तुलसीको मठलाई सजाउने, पूजा गर्ने र साँझ बिवाह गरिदिने चलन रहेको छ । आज बिहान सूर्योदय ०६ः१६ मा हुनेछ भने सूर्यास्त ०५ः१८ मा हुनेछ । पूर्वभाद्रपदा नक्षत्र, ब्याघात योग, चन्द्रमा कुम्भ राशिमा रहेको छ । आजका देवता बायु ग्रहदेव शुक्र हुन् । आजको दिन विशेष आरधना, साधना गर्ने दिन हो । आज भगवान विष्णुको आरधनाले मन, वचन र कर्म पवित्र हुँदै जानेछ ।

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)
रोजगारीको क्षेत्रमा नयाँ सफलता हात लाग्नेछ । शुक्रबार भएकाले मेष राशिका जातकले नजिकको शिवालयमाको यात्रा गर्दा मनमा खसियाली छाउने छ । बिहानै देवालयको दर्शन गरेर काम शुरु गर्दा दिनभर गरिने कार्यमा सफलता प्राप्त हुनेछ । पूर्णिमा तिथि र चन्द्रमाको साथ दुवै भएकोले सोचअनुसार काम हुनेछ ।

वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)
व्यापार व्यवसायमा अर्थलाभ हुँदा खुसियाली हुनसक्छ । आजको दिन व्यापारको कामबाट फाइदा नहुँदा पनि त्यति निराश नहुनु होला । सकारात्मक हुन जरुरी छ । सकारात्मक सोचले मात्र तपाईले आफ्नो दैनिककाम गर्दा मनमा खुसी छाउनसक्छ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)
आजको दिन परिवार र आफन्तजनले तपाईमाथि अनेक आरोप लगाउन सक्नेछन् । मनमा पनि निराशा उत्पन्न हुनसक्छ । आज सकारात्मक सोच मात्र राखेर काम गर्नुभयो भने तपाईको मनमा खुसीयाली छाउने छ । कसैले लगाएको आरोपको विषयमा विवाद नगर्नु नै वेश हुनेछ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)
आर्थिक र सामाजिक समस्याले मनमा अनेकखालका समस्या आउनसक्छ । आजको दिन कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला । कसैसँग विवाद भयो भने तपाई र तपाईसँग विवाद गर्ने दुवै व्यक्तिको हानी हुनसक्छ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)
परिवार र मित्रमण्डलीबाट साथ सहयोग प्राप्त हुनेछ । यात्रा गर्नुभन्दा पहिले राहुकाल छलेर मात्र शुभ साइतको समयमा यात्रा गर्नुहोला । परिवारका सदस्यहरुले तपाईलाई अनावश्यक आरोप समेत लगाउनसक्नेछ । आजको दिन सिंह राशिका जातकले कम बोल्नु नै बुद्धिमानी हुनेछ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)
तपाईकै कारण आफन्तसँग सम्बन्ध विग्रन सक्छ । स्वास्थ्यमा प्रतिकुल असर पर्ने देखिन्छ । अध्ययनअध्यापनबाट सफलता हात लाग्नेछ । आज आम्दानीको धनराशिबाट घरमा महिलालाई केही उपहार दिनु राम्रो हुन्छ ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)
आजको दिन शुरु गरेको काम सफल हुनेछ । कार्यमूलक यात्रा हुनेछ । कुनै कामको शुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्नका लागि मिहिनेतपूर्वक लाग्नुहोला । कुनै काम बीचमा छोडेको छ भने त्यो कामका पुरा नहुँदा मनमा चिन्ता भइरहन्छ ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)
वृश्चिक राशिका जातकका लागि आज कार्ययोजनाअनुसार काम गर्नुभयो भने सफलता मिल्नेछ । शिवालयमा गएर जल अर्पण गर्नुभयो सोचे अनुसार काम बन्नेछ । देवालयको नाम स्मरण मात्रले पनि मनमा शान्ति मिल्नेछ । अध्यात्मिक सेवामा केही समय दिनुभयो भने तपाईको कार्यमा सफलता मिल्नेछ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)
धनु राशि भएका जातकका लागि पनि ग्रह बलिया भएका छन् । आजको दिन तपाईले सोचअनुसारको काम हुनेछ । सन्तानबाट सुख र स्त्रीजातिको साथ सहयोगले राम्रो काम गर्नुहुनेछ । यात्रामा सफलता मिल्नेछ । यात्रा गर्दा प्रयोजनमूलक यात्रा मात्र गर्नुहोला ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)
विगतमा तपाईले गरेको कामबाट मानसम्मान मिल्नेछ । आफन्तजनको सहयोगले मनमा खुसी प्राप्त हुनेछ । आजको दिन लक्ष्मीको आरधनाले तपाईलाई मनमा प्रसन्नता छाउनेछ । अर्थलाभका कामबाट मानमा हर्ष छाउने छ । व्यापार ब्यबसायबाट सफलता प्राप्त हुनेछ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)
आजको दिन सोचअनुसारको काम हुनेछ । शत्रुमाथि विजय प्राप्ति हुनेछ । व्यापारबाट प्राप्त धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ । आजको दिन घर नजिकको शिवालय दर्शन गर्नुभयो भने थप शक्ति मिल्नेछ । चन्द्रमाको साथ रहेको छ । सूर्योदयको दर्शन गर्नुहोला ।

मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची)
आजको दिन मनमा प्रसन्नता छाउने छ । बिहान सूर्योदयको दर्शन गरेर मात्र यात्रा शुरुवात गर्नुहोला । सकारात्मक सोच र अध्ययन अध्यापनमा मन लाग्नेछ । साँझपख शिवालयमा जाँदा मीन राशिका जातकका लागि अध्यापन, लेखनमा रुचि बढ्नेछ । व्यापार व्यवसायमा हुनुहुन्छ भने केही हानी हुनसक्ने छ । पूर्णिका तिथि भएका कारण आजको दिन सोचअनुसारको कर्म गर्दा सफलता प्राप्त हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर