उषाको स्वरमा स्मारिका ढकालको मर्म श्पर्शी अभिनय — OSNepal

उषाको स्वरमा स्मारिका ढकालको मर्म श्पर्शी अभिनय

LC (KTM) November 05, 2022 0

काठमाडौँ । बिगत लामो समयदेखि सांगीतिक क्षेत्रमा सक्रिय गायिका उषा मलाहा सिमरनको नयाँ गीत माया थिएन भने सार्वजनिक भएको छ । गीतमा राज कुमारको शव्द र संगीत रहेको छ ।

गीतको भिडियोमा २ नम्बरी निर्माता किरन नेपाली र चर्चित मोडल तथा टिकटकर स्मारिका ढकालको अभिनय रहेको छ भने उनीहरुलाई अर्की मोडल डिम्पल खरेल र सतिश सिंह खत्रीले साथ दिएका छन् ।

समसामयिक बिषयवस्तुलाई ध्यानमा राखेर बनाईएको भिडियोले गीतलाई धेरै हदसम्म न्याय गर्ने कोशिस गरेको छ । निर्माता किरन नेपालीले पनि आफूलाई अब्बल कलाकारको रुपमा यसै भिडियोमार्फत आफूलाई प्रमाणित गरेका छन् ।

सोनी राईको श्रृङ्गार , खेम थापा मगरको छायाँकन रहेको भिडियोमा गीतकार संगीतकार राज कुमारकै सम्पादन तथा निर्देशन रहेको छ । भिडियो एक्का कम्पनी युटुयब च्यानलबाट सार्वजनिक गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर