सरकार टिकाउन ओली फर्किए दुई कदम पछाडी नेपालको सर्त मान्न तयार ! — OSNepal

सरकार टिकाउन ओली फर्किए दुई कदम पछाडी नेपालको सर्त मान्न तयार !

LC (KTM) May 13, 2021 0

काठमाडौं ३० बैशाख । नेकपा एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली पार्टी एकतालाई जोगाउन लचक बनेका छन् । पार्टीको विवाद उत्कर्षमा पुगेपछि ओली पार्टीको एकता जोगाउन माधव नेपालको माग पुरा गरी तयार भएको बुझिएको छ ।

आज मात्रै बालुवाटारमा बसेको स्थायी किमिटिको बैठकले नेता नेपालसहित चार नेतामाथि गरिएको कारवाही फुकुवा गरेको छ भने अब आफ्नो अडानमा अडिग रहेका नेपाल सँग सम्झौता गर्न गर्न ओलीले पछाडी कदम सारेका छन् । आजको बैठकले वरिष्ठ नेता माधव कुमार नेपाल, नेताहरु भीम रावल, घनश्याम भुषाल र सुरेन्द्र पाण्डेमाथि गरेको ६ महिने निलम्बन कारबाही पनि फुकुवा गरेको हो ।

ओलीको विशेष स्रोतले जनाए अनुसार ओली अब नेपालको २०७५ जेठ २ गतेको अवस्थामा पार्टीलाई लाने निणर्य पनि मान्न तयार भएको बुझिएको छ । पार्टीमा विवाद भएपछि गरिएको सबै निणर्य पुर्नविचार गर्न कार्यदल समेत बनाइने बुझिएको छ । केहि बेरमा नै ओली नेपालबिच भेटवार्ता हुने पनि निश्चित भइसकेको छ । ओललिे नेपाललाई फोन गरेर भेट्न प्रस्ताव राखेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर