नेपाली कांग्रेसका उम्मेदवारको पक्षमा खुलेर भोट मागे चर्चित र्‍यापर आशिष राना ‘लाउरे’ले — OSNepal

नेपाली कांग्रेसका उम्मेदवारको पक्षमा खुलेर भोट मागे चर्चित र्‍यापर आशिष राना ‘लाउरे’ले

LC (KTM) November 08, 2022 0

काठमाडौं – नेपाली चरर्चित र्‍यापर आशिष राना ‘लाउरे’ले नेपाली कांग्रेसका उम्मेदवारलाई भोट मागेका छन् । ण्डकी प्रदेशसभा सदस्यमा उम्मेदवार दिएका नेपाली कांग्रेसका उम्मेदवार बिन्दुकुमार थापालाई र्‍यापर ‘लाउरे’ले भोट मागेका हुन् ।

उनले सोमबार आफ्नो आधिकारीक फेसबुक पेजमा एक भिडियो सन्देश पोष्ट गर्दै भोट मागेका हुन्। भिडियोमा भोट माग्दै उनले भनेका छन् भनेका छन्,‘मंसिर चार गते हुने चुनाव महत्वपूर्ण छ। यो दिन एउटा असल व्यक्ति छान्ने र रोज्ने दिन हो यो दिन हामीले राम्रो व्यक्ति छान्न सक्यौ भने मात्र हाम्रो देश सुनिश्चित हुनेछ। एउटा सक्षम व्यक्तिको कुरा गर्दा मलाई मनपर्ने गण्डकी प्रदेशका बिन्दुकुमार थापा जस्ले एक्दमै राम्रो काम र उदाहरणले सबैले सिक्नुपर्छ जस्तो लाग्छ।ु

यसपालीको भोट म बिन्दुकुमार थापालाई दिन्छु तपाईहरुले पनि उहाँको ऐजेन्डा सामाजिक सञ्जालबाट हेरी मलाई मनपरे जस्तै तपाईहरुलाई पनि उहाँहरुको ऐजेन्डा मनपर्ने सक्छ।’ नयाँ एजेन्डा भष्टाचारले जरो गाडेर बसेको समाजलाई भष्टाचार मुक्त बनाउने र युवा शक्तिलाई कसरी समाजविकासमा अगाडि बढाउने भन्ने एजेन्डा एकदमै राम्रो छ। यता निश्चचल बसनेतले भने स्वतन्त्र उम्मेदबार पुकार बमको पक्षमा खुलेर भोट मागेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर