भाडादर बढाउन यातायात व्यवसायीहरुको माग — OSNepal

भाडादर बढाउन यातायात व्यवसायीहरुको माग

LC (KTM) June 29, 2021 0

काठमाडौँ – यातायात व्यवसायीहरुले सोमबार उपत्यका प्रमुख जिल्ला अधिकारीहरुले गरेको निर्णय अव्यवहारीक भएको प्रतिकृया दिँदै समय अनुकुल भाडादर बढाऊन र सबै दूरीमा सवारी साधन चलाउन माग गरेका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघले संयुक्त विज्ञप्ति प्रकाशन गरी प्रशासनको निर्णय अव्यवहारिक भएको जनाएका हुन् ।

काठमाडौं उपत्यकामा असार १५ गतेदेखि लागु हुने गरी २५ सिटभन्दा बढीका सार्वजनिक सवारी साधनलाई मात्रै जोर बिजोरका आधारमा चल्न दिने निर्णय अव्यवहारीक भएको र सो निर्णय यसअघि उपत्यका प्रशासन प्रमुख तथा सरोकारवाला निकायसँगको छलफल विपरित रहेको नेपाल महासंघका महासचिव पुन्यप्रसाद सिटौला(सरोज) बताए । उनले भने,“सरोकारवालाहरुको सुझाव र छलफलमा भएको निष्कर्ष विपरित रहेको स्मरण गराउदै, आज भएको निर्णय अव्यवहारिक रहेको ठहर गर्दछौं ।”

लामो बन्दाबन्दी पछि क्रमशः निषेधाज्ञा खुकुलो भएर निजी सवारी, अन्य व्यापार, व्यवसाय तथा बजार खुल्दै गएको बेला अर्थतन्त्रलाई गतिशिल बनाउने जनताको दैनिक जीवनयापनलाई सहज बनाउनुपर्नेमा सार्वजनिक सवारी सञ्चालन गर्न नदिनु अत्यन्तै अव्यवहारिक भएको र यसलाई सच्चाउनुपर्ने महासचिव सिटौलाको भनाइ छ ।यो समाचार कारोबार दैनिकमा प्रकाशित छ।

लामो समयदेखि भाडादर नबढेकाले गर्दा वैज्ञानिक भाडादर लागु गर्न व्यवसायीले माग गरेका छन् । डिजेटको मूल्य १ सय १० रुपैयाँ वृद्धि हुँदा भइसक्दा पनि २०६९ देखि वैज्ञानिक भाडादर लागु नभएको र यसलाई लागु गर्न यातायात विभागमार्फत गठन भएको समितिले दिएको प्रतिवेदन मन्त्रालयमा अड्किएको व्यवसायीको भनाइ छ ।

उक्त निर्णयलाई सच्याउँदै लामो, मध्यम र छोटो दूरीका सबै प्रकारका सार्वजनिक सवारी साधनहरुको सञ्चालन अनुमतिका लागि माग पनि व्यवसायीहरुले गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर