गायक राजु ढुङगेलको स्वरमा ‘माइती घर ’ सार्वजनिक — OSNepal

गायक राजु ढुङगेलको स्वरमा ‘माइती घर ’ सार्वजनिक

LC (KTM) November 09, 2022 0

काठमाण्डौं । नेपाली लोक गीत संगीतको क्षेत्रमा क्रियाशिल गायक राजु ढुङगेल र गायक राम कुमार नेपालीको स्वरमा रहेको मौलिक नैमती बाजामा रहेको ‘माइती घर ’ गीतको भिडियो सार्वजनिक भएको छ । पुर्वेली लोक लयमा आधारित गीतमा जिवनका भोगाई र अनुभवलाई मौलिक रुपमा समेटिएको छ ।दिपक खड्काको शव्द तथा राजु ढुङगेको लय सिर्जना र सञ्जय श्रीपालको एरेन्जमा गीत तयार गरिएको छ ।

आफु जन्मे हुर्केको परिवेशलाई छोडेर आगामी दिनमा सफल जिवन जिउने आशाका साथ माइती घरबाट विदा भएकी चेली विचको प्रसङ्गलाई गीतमा समेटिएको छ । करण चैसिरको छायाँकन , अमृत चापागाईँको सम्पादन तथा याम गुरुङको निर्देशन तथा नृत्य निर्देशन भिडियोमा रहेको छ । गीतको भिडियोमा रिना थापा मगर , याम गुरुङ, प्रवेश थापा र आसरिना न्यौपानेको नृत्य देख्न सकिन्छ ।‘माइती घर ’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर