ओलीको हातमा गएर काँग्रेस बाँच्दैन : पौडेल — OSNepal

ओलीको हातमा गएर काँग्रेस बाँच्दैन : पौडेल

LC (KTM) November 10, 2022 0

भरतपुर -प्रतिनिधि सभा निर्वाचन चितवन क्षेत्र नं.३ का स्वतन्त्र उम्मेद्वार जगन्नाथ पौडेलले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको शरणमा पुगेर काँग्रेसको अस्तित्व स्वृकार्य नहुने बताए । कोही सुर्यको शरणमा पुगेर राजनितिमा उदाउन खोज्दै गर्दा म काँग्रेस हुँ भन्नेले मतदाता प्रभाबित पार्ने खेल खेलेको हुन सक्ने भन्दै मतदातालाई सचेत हुन आग्रह गरे ।

आज शारदानगर , गीतानगर तथा आसपासका क्षेत्रका मतदाताहरु समक्ष भेटघाट तथा अन्र्तकृया कार्यक्रम गरिएको हो । नेपाली काँग्रेसबाट बिद्रोही नेताको छवि बनाएका जगन्नाथलाई काँग्रेसका कार्यकर्ताहरुले समर्थन जनाएका थिय । गितानगरका परिबर्तित नाम बिपिन कंडेलले आफु कांग्रेसको सच्चा कार्यकर्ता भएको जनाउदै कुनैपनि हालतमा गठबन्धनमा मतदान नगर्ने बताए । उनले भने पार्टिमा रहदा बैमान गर्न जानिएन , अहिले काँग्रेस अरु दलको बिर्ता भएको छ ।

घरदैलो अभियानमा उम्मेद्वार जगन्नाथ पौडेलले हरेक युवाको मनोभाबना बुझेको छु , आशाका किरणहरु मर्न नदिने प्रतिबद्धता जनाए । स्थानिय तहमा भुँईकटहर समूहबाट चर्चा पाएका उनले यसपटक सुर्यमुखी फूल चुनाब चिन्ह पाएका छन् । अहिले पनि उनलाई प्राय जसो भुँईकटहर भनेर नै चिन्ने गरेका छन् । सिद्धान्त र नितीको राजनिति गर्नका लागी निरन्तर चुनाबमा होमिएका उम्मेद्वार हुन् जगन्नाथ पौडेल ।

पुरानो पुस्ताले सांसद भएको बेला र तात्कालीन भरतपुर नगरापालिकाको उपमेयर भएको बेला उनले गरेका कामहरुले गर्दा अहिले पनि उनलाई नै भोट आसय ब्यक्त गरेका छन् । नेपाली काँग्रेस भित्र निरन्तर बिद्रोह गरेकै कारण उनी युवा पुस्तामा पनि लोकप्रिय छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर