मेरी बास्सैमा भिलेन् मुकुन्द श्रेष्ठको ईन्ट्रि — OSNepal

मेरी बास्सैमा भिलेन् मुकुन्द श्रेष्ठको ईन्ट्रि

LC (KTM) November 11, 2022 0

नेपाली हाँस्यब्यंग्यको ईतिहासमा सबैभन्दा लामो समय प्रशारण गरिरहेको नेपाली टेलिश्रृंखला मेरीबास्सैले आफ्नो प्रशारणको ७ सय ८० भाग पुरा गरेको छ । यो मंगलबार मेरी बास्सैको ७ सय ८० भाग प्रशारण भएको छ भने यो भागदेखी नेपाली चलचित्रका प्रख्यात खलनायक मुकुन्द श्रेष्ठको प्रवेश भएको छ ।

मेरी बास्सैले आफ्नो कथा बस्तु, प्रस्तुती, कलाकार लगायतका बिषयमा निकै ध्यान दिने गरेको देखिन्छ । हाँस्यब्यंग संगैं सामाजिक जनचेतनामुलक सामाग्री प्रस्तुत गरिरहेको मेरी बास्सैमा अब मुकुन्द श्रेष्ठ बडा काजीको भुमिकामा देखिने बताईएको छ । मेरी बास्सैका मुख्य मध्यका एक कलाकार काजी बा अर्थात रामचन्द्र अधिकारीको स्वास्थ्य अवस्था सामान्य हुन समय लाग्ने देखिएपछि यो टिमले मुकुन्द श्रेष्ठलाई भित्र्याएको बुभिएको छ ।

‘श्रृखंलामा काजीको भुमिका दमदार देखिनुपर्छ र मुकुन्द श्रेष्ठलाई त्यो सुहाउँने भएकाले उहाँलाई लिएका हौं’ मेरीबास्सैका निर्देशक दिवाकर भण्डारीले भने ‘अब सधैं हुने नहुने बिषय टुंगो लागेको छैन्, अग्रज कलाकार हामीसंग रहनुपर्छ भन्ने मेरो चाहाना हो ।’मुकुन्द श्रेष्ठ नेपाली चलचित्र क्षेत्रका नाम चलेका भिलेन् हुन् ।

दशक अघि यिनले गरेका चलचित्रहरुमा यिनी डरलाग्दो रुपमा प्रस्तुत छन् । मुकुन्द श्रेष्ठले सयौं सफल चलचित्रमा खलनायकको भुमिकामा आफुलाई प्रस्तुत गरिसकेका छन् । यिनको व्यत्तित्व र डाएलग डेलिभरीले दर्शकमा समेत डर पैदा गर्ने गथ्र्यो । लामो समय हराएका मुकुन्द श्रेष्ठ मेरी बास्सेमा देखिनु उनका फ्यानका लागी खुसीको कुरा हो । उनि कहिलेसम्म मेरीबास्सैमा रहन्छन् भन्ने कुराको भने टुंगो छैन् ।

सापटी काका अर्थात दिवाकर भण्डारीको निर्देशनमा तयार भईरहेको मेरी बास्सैमा सुरबिर पण्डित, लक्ष्मी गिरी, रामचन्द्र अधिकारी, सुरेन्द्र के.सी., पल्पसा डंगोल, निरु खड्का, टिका भक्त जिरेल लगायतका कलाकारहरु देख्न सकिन्छ । मेरी बास्सै हरेक मंगलबार राती ९ बजे नेपाल टेलिभजनबाट प्रशारण हुँदै आईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर