'केजीएफ १' को रेकर्ड पनि तोडिदियो कांताराले — OSNepal

‘केजीएफ १’ को रेकर्ड पनि तोडिदियो कांताराले

LC (KTM) November 11, 2022 0

एजेन्सी- दक्षिण भारतीय फिल्म ‘कांतारा’ सकारात्मक समीक्षाको मामिलामा पनि कांतारा अरू फिल्मभन्दा अब्बल सावित भउको छ । भारतीय बक्स अफिसमा तहल्का मच्चाएको कांताराले। कमाइको मामिलामा पनि अघि रहेको छ ।

कांताराले केही दिनअघि मात्र कमाइको मामिलामा चर्चित फिल्म ‘केजीएफ १’ को रेकर्ड तोडेको थियो। अढाई सय करोड भारु कमाउने जम्मा तीन वटा कन्नड फिल्ममध्ये कांतारा सर्वाधिक कमाउनेमा दोस्रो स्थानमा छ।कांतारा अढाई सय होइन साढे तीन सय करोड भारु नाघेर अघि बढ्दैछ। र यो भनेको चर्चित फिल्म ‘पुष्पास् द राइजुको कमाइलाई पनि उछिन्ने छ ।

पुष्पाको लाइफटाइम कमाइ केवल ३५०.३ करोड भारु हो.९ नोभेम्बरसम्मको आँकडाअनुसार कांताराले ३५०.७ करोड भारु कमाइसकेको छ। कांतारालाई ऋषभ शेट्टीले निर्देशन गरेका हुन्। ३० सेप्टेम्बरमा रिलिज भएको फिल्मले डेढ महिना भइसक्दा पनि दर्शक हलमा खचाखच छन्। फिल्मको कथालाई अत्यन्तै मन पराइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर