कोरोनाका कारण वर्ल्डलिंकका सञ्चालक विजय जलानको निधन — OSNepal

कोरोनाका कारण वर्ल्डलिंकका सञ्चालक विजय जलानको निधन

LC (KTM) May 13, 2021 0

काठमाडौं-वर्ल्डलिंकका सञ्चालक विजय जलानको कोरोनाका कारण निधन भएको छ । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडका सञ्चालक तथा निर्देशक जलानको काठमाडौंको मेडिसिटी अस्पतालमा उपचारका क्रममा बिहीबार विहान निधन भएको हो ।

करिब १५ दिनअघि अस्पताल भर्ना भएका उनको भेन्टेलेटरमा राखेर उपचार भइरहेको थियो । ४७ वर्षीय जलान वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडका सहसंस्थापक पनि हुन् । वर्ल्ड लिंकको स्थापना कालदेखि नै व्यवस्थापकीय भूमिकामा रहेका उनीजालन इन्टरनेट सेवाप्रदायक संघ नेपाल ९आईस्पान० का कार्यकारी सदस्य समेत हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर