मन्त्री आलेद्वारा कठायतको निधनमा दुःख व्यक्त — OSNepal

मन्त्री आलेद्वारा कठायतको निधनमा दुःख व्यक्त

LC (KTM) May 13, 2021 0

काठमाडौँ, ३० वैशाख – वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले नेकपा (एमाले) का सुदूरपश्चिम प्रदेश कमिटी सदस्य लालबहादुर कठायतको निधनमा दुःख व्यक्त गर्नुभएको छ । उहाँले आज विज्ञप्ति जारी गरी तथा डोटी, शिखर नगरपालिका–३ सालगाउँबासी कठायतप्रति श्रद्धाञ्जलि अर्पण गर्नाका साथै शोकाकूल आफन्त, परिवारजन र शुभेच्छुकप्रति समवेदना प्रकट गर्नुभएको छ ।

मन्त्री आलेले कठायतको निधनबाट एमाले डोटीसहित समग्र पार्टीले एक असल र निष्ठावान् नेता तथा डोटेलीले इमान्दार युवा नेता गुमाएको बताउनुभएको छ । उहाँले भद्र, शालीन, मिलनसार छवि बनाउनुभएका कठायतले सुदूरपश्चिमेली जनताप्रति समर्पित युवा नेताको भूमिका निर्वाह गर्नुभएको विज्ञप्तिमा उल्लेख गर्नुभएको छ । कोभिड–१९ को सङ्क्रमणले उहाँको आज निधन भएको थियो ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर