कास्कीका तीन वटै निर्वाचन क्षेत्रमा पुरुषभन्दा महिला मतदाता बढी — OSNepal

कास्कीका तीन वटै निर्वाचन क्षेत्रमा पुरुषभन्दा महिला मतदाता बढी

LC (KTM) November 14, 2022 0

काठमाडाैं, २८ कात्तिक : तीन वटा निर्वाचन क्षेत्र भएको कास्कीको सबै निर्वाचन क्षेत्रमा महिला मतदाता बढी रहेका छन् । निर्वाचन आयोगका अनुसार कास्की क्षेत्र नम्बर १ मा ५२ हजार ६ सय ५० पुरुष मतदाता छन् भने यहाँ झण्डै ६ हजार बढी मतदाता रहेका छन् ।

यहाँ ५८ हजार ६४ महिला मतदाता रहेको तथ्यांक छ । निर्वाचन क्षेत्र नम्बर १ मा एक लाख १० हजार सात सय १५ मतदाता रहेका छन् ।

यस्तै, कास्की २ को कुल मतदाता ७९ हजार एक सय ३८ मध्ये ३७ हजार ९७ महिला मतदाता र ४२ हजार ४० पुरुष मतदाता रहेको तथ्यांक छ । कास्की ३ पनि पुरुषको तुलनामा तीन हजारभन्दा बढी मतदाता रहेको तथ्यांक छ । यहाँ कुल एक हजार एक सय ७५ मतदातामध्ये ४९ हजार दुई ९५ पुरुष र ५२ हजार चार सय ५२ पुरुष मतदाता रहेको आयोगको तथ्यांक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर