डेब्यु खेलमै अर्जुनले बनाउन सफल भए अर्धशतक — OSNepal

डेब्यु खेलमै अर्जुनले बनाउन सफल भए अर्धशतक

LC (KTM) November 14, 2022 0

काठमाण्डौ – नेपालका ओपनर तथा विकेटकिपर अर्जुन साउदले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको डेब्यु खेलमै अर्धशतक बनाएका छन् । सोमवार यूएईसँगको पहिलो एकदिवसीय क्रिकेटमा अर्जुनले ७० बलमा पाँच चौका प्रहार गर्दै ५१ रन बनाएर आउट भए । अर्जुन रोहन मुस्तफाको बलमा बोल्ड आउट भए ।

यसअघि कुशल मल्ल र ज्ञानेन्द्र मल्लले डेब्युमा अर्धशतक बनाएका थिए । अर्जुन डेब्यु खेलमा अर्धशतक बनाउने तेस्रो खेलाडी बन्न सफल भउका छन् । अहिले नेपालले यूएईले दिएको दुई सय ६४ रनको लक्ष्य पछ्याइरहेको छ । नेपाल र यूएईले तीन खेलको एकदिवसीय शृङ्खला खेल्न लागेका हुन् ।
यो पनि पढ्नुहोस – रवि लामिछानेप्रति इंगित गर्दै ओलीले भने- ४ मंसिरसम्म कुदिरहन्छन्, किन गाडीमा ढुंगा हान्नू घन्टी पनि बजाउन नपाउनू ! –
एमाले अध्यक्ष केपी ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको चुनावी प्रचारमा हिँडेको गाडीमा ढुंगा हानेकोमा कडा आपत्ति जनाएका छन् । सोमबार चितवनमा आयोजित चुनावी सभामा सम्बोधन गर्दै उनले एउटा पार्टीको उम्मेदवारको गाडीमा ढुंगा हान्ने व्यक्तिलाई कारबाही गर्न माग गरेका छन् ।

उनले रवि लामिछानेप्रति इंगित गर्दै एउटा युवा राजनीतिमा आए त के बिगारे भन्दै घन्टी पनि बजाउन नपाउनू भन्दै व्यंग्य गरे । ‘कुनै दमाहा बजाएको होइन, नरसिंहा बजाएको होइन, एउटा घन्टी पनि बजाउन नपाउनू,’ उनले भने, ‘४ मंसिरसम्म कुदिरहन्छन् । कुद्न दिउँ न । किन गाडीमा ढुंगा हान्नु पर्यो ?’

ओलीले आफ्नो सरकारको पालामा भएगरेका कामबारे चर्चा गरे । उनले अहिलेको गठबन्धन सरकारको कडा विरोध गरे । उनले अहिलेको सरकारलाई अलच्छिना भनेर आरोप लगाए । यो सरकार खान मात्र आएको टिप्पणी गरे । आफ्नो सरकारको पालामा विकासैविकास भएको, अहिलेको सरकारले सबै विकास आयोजनाको बजेट काटेको भन्दै आपत्ति जनाए ।

आफ्नो सरकारले सुरु गरेको सामाजिक सुरक्षा भत्ताको उनले निकै प्रशंसा गरे । उनले नेपाली कांग्रेसप्रति रोष व्यक्त गरे । माओवादीसँग गठबन्धन गरेको भन्दै उनले कडा आपत्ति जनाए ।

आफू भोट माग्न आएको भन्दै उनले एमाले उम्मेदवार र एमालेले समर्थन गरेका उम्मेदवारलाई भोट मागे । ओलीले कांग्रेसका बागी उम्मेदवार दिनेश कोइरालालाई पनि भोट मागे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर