फेरी बोलिन् राखी, भनिन् 'सोनू सूद र सलमान खानलाई यो देशको प्रधानमन्त्री बनायो भने देश बन्छ' — OSNepal

फेरी बोलिन् राखी, भनिन् ‘सोनू सूद र सलमान खानलाई यो देशको प्रधानमन्त्री बनायो भने देश बन्छ’

LC (KTM) May 13, 2021 0

सधै चर्चामा आईरहने बलिउडकी बोल्ड अभिनेत्री राखी सावंतले सुपरस्टार सलमान खान या रियल हिरोको रुपमा चर्चा कमाईरहेका सोनु सुद लाई देशको प्रधानमन्त्री बनाउनुपर्ने बताएकी छिन् ।

यी कलाकारहरु देशको असली हिरो भएको उनले बताएकी छिन् । कोरोनाको महामारीको बेला उनीहरुले गरेको सहयोगलाई हेरेर उनले यो कुरा बताएकी हुन् ।

उनले भनिन् – कोरोनाको बेला सलमान खान तथा सोनू सूदले संक्रमित ब्यक्ति तथा संकटमा परेका ब्यक्तिलाई सहयोगको जुन कोशीस गरिरहेका छन् यसैको लागि उनीहरुलाई देशको प्रधानमन्त्री बनाउन आवश्यक छ ।

उनले सोनु सूद , अमिताभ बच्चन, सलमान खान, अक्षय कुमारको पनि खुलेर तारिफ गरेकी छिन् । यी सबै कलाकारले देशका लागि धेरै गरेको बताएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर