मोरङमा आलुको बीउ प्रतिकेजी १०० मा खरिद गर्दे किसान — OSNepal

मोरङमा आलुको बीउ प्रतिकेजी १०० मा खरिद गर्दे किसान

LC (KTM) November 15, 2022 0

मोरङ-सुन्दरहरैँचा मोरङको पुरानो बेलबारीको सोमबारे बजारमा आलुको बीउ बिक्री गर्दै व्यापारी । व्यापारीसँग आलुको बीउ प्रतिकेजी रु १०० मा खरिद गरेको किसान बताउँछन् ।

यो पनि : आज तरकारी र फलफूलको मूल्य कति ?:कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिकाअनुसार आज मंगलबार २० रुपैयाँदेखि ६५० रुपैयाँसम्मको फलफूल तथा तरकारी किनबेच भइरहेको छ ।

आज अनार प्रतिकेजी ४१० रुपैयाँ, अमला ५६ रुपैयाँ ६७ पैसा, घिउसिमी ११५ रुपैयाँ र आभोकाडो २२५ रुपैयाँमा बिक्री भइरहेको छ ।

रातो आलु ५७ रुपैयाँ ५० पैसा, सेतो आलु ४१ रुपैयाँ ३३ पैसा, उखु प्रतिवटा ९५ रुपैयाँ, स्थानीय काउली ३५ रुपैयाँ, करेला ७५ रुपैया, परवर ३७ रुपैयाँ ५० पैसा, लोकल बन्दा ३५ रुपैयाँ, लोकल काक्रो ९५ रुपैयाँ, कागती १२८ रुपैयाँ, किवी २२५ रुपैयाँ, अकबरे खुर्सानी १७० रुपैयाँ, सुकेको खुर्सानी ४१० रुपैयाँ, लोकल गाजर १२६ रुपैयाँ ६७ पैसा, गुन्द्रुक ३२५ रुपैयाँ र सानो लोकल गोलभेडा २२ रुपैयाँ ८० पैसामा किनबेच भइरहेको छ ।

आज घिरौलाको औसत मूल्य प्रतिकेजीको ७६ रुपैयाँ ६७ पैसा रहेको छ भने चमसूरको साग १९० रुपैयाँमा किनबेच भइरहेको छ । चुकुन्दर ८५ रुपैयाँ, कन्य च्याउ १६७ रुपैयाँ ५० पैसा, डल्ले च्याउ ३२४ रुपैयाँ र जिरीको साग ९० रुपैयाँमा किनबेच इरहेको छ ।

तितो करेला ७५ रुपैयाँ, तोरीको साग ५६ रुपैयाँ ६७ पैसा, पालूगो साग १९३ रुपैयाँ ३३ पैसा, पुदीना ६५० रुपैयाँ, ब्रोकाउली १२३ रुपैयाँ ३३ पैसा, भिण्डी ७५ रुपैयाँ, मटरकोशा १४२ रुपैयाँ, मेथीको साग १९३ रुपैया र रायोको साग ५६ रुपैयाँ ६७ पैसा भाउ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर